भूकम्पका भएको क्षतिको विस्तृत विवरण संकलन गर्दा क्षतिग्रस्त घरहरुलाई बस्न मिल्ने र बस्न नमिल्ने गरी २ प्रकारमा वर्गीकरण गरी सोही अनुसार तथ्यांक संकलन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले जानकारी दिनु भयो ।
यस्तै भूकम्पले क्षतिग्रस्त आवास तथा भौतिक संरचनाहरुलाई पुननिर्माण कार्यमा जोडन नेपाल सरकार र प्रदेश सरकारलाई सिफारिस गर्ने, दार्मा गाउँपालिका लगायत जिल्ला भर प्रभावित नागरिकहरुको राहत, क्षतिपूर्ति तथा पुनस्थापनाका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुलाई अनुरोध गर्ने र एकद्धार प्रणाली मार्फत राहत वितरणको व्यवस्था गर्ने निर्णय भएको खरेलले बताउनु भयो ।
