कार्तिक २१, सल्यान ।
गत शुक्रबार गएको भूकम्पबाट सल्यानको दार्मामा रूकुम र जाजरकोट जत्तिकै प्रभाव परेको छ । दार्मामा भुकम्पबाट ३९८ घर क्षेतिग्रस्त भएका छन् । भुकम्पबाट यो समाचार तयार पार्दा सम्म ९३ घरघुरी पर्णा रुपमा र २३६ अंसिक रुपमा क्षेती पुगेको छ । मानविय क्षेति भने दार्मा गाउँपालिका वडा नं. ६ मलिवाङ निवासी रुकुम आठविसकोट मामा गएका भुमिका शाही मल्ल र उनका छोरा लेखनाथ मल्ल को मामा घरमै भूकम्पबाट निधन भएता पनी अन्य मानविय क्षेति भने भएको छैना । भौतिक क्षेतिका हिसाबले केन्द्रविन्दुकै हाराहारीमा क्षेति भएको पाइन्छ ।
दार्मा गाउाँपालिका वडा नं ५ बछेला, भालुखोला, भोल्टेकामा सम्पूर्ण घरहरु पूर्णरूपमा क्षतिग्रस्त भएका छन् तस्तै वडा नं. ६ मलिवाङ ,मलिक्चा र वडा नं ४,२,३ र १ वडाका बस्तीका घरहरु केहि पुर्णा तथा अंसिक रुपमा बस्नै नमिल्ने भएका छन् । प्रायः सबै घरहरु बस्न मिल्ने अबस्थामा छैनन् । रुकुम पश्चिम सँग सिमाना जोडिएको दार्मामा गाउँपालिका बाट सिधा ३८ किलोमिटर टाढा केन्द्रविन्दु भएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम जस्तै सल्यानको दार्मामा पनि प्रभाव पारेको हो ।
आइतबार दार्मामा रेडक्रसले राहत वितरण गरेको छ भने सोमबार भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाले पिडितसंग भेटेर निरक्षण संगै तत्काल बस्नको लागि सहज हवस भनेर त्रिपाल वितरण गरेका छन ।
