सल्यान २० कार्तिक ।
कपुरकोट गाउँपालिकामा पालिकास्तरिय कृषि बिकास समितिको अभिमुखिकरण तथा पालिका कृषि शाखा र पशु सेवा शाखाको क्षमता स्व–मुल्याङ्कन कार्यक्रम सम्पन्न भएको छ । कृषि क्षेत्र विकास कार्यक्रम, कार्यक्रम समन्वय इकाई, बागचौर सल्यानको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पालिकामा कृषि क्षेत्र तथा पशुपालन क्षेत्रको विकासको लागि नितिगत रुपमा विषयगत समितिको रुपमा कार्य गर्ने गरि गठित १४ सदस्यिय कृषि बिकास समितिलाई समितिको काम, कर्तव्य, अधिकार, नितिगत व्यवस्था लगाएतको बिषयमा जानकारी गराईएको छ । समितिसगँको समन्वयमा कसरी कार्यक्रम संचालन गर्ने भन्ने बारेमा कार्यक्रमका फिल्ड कृषि अधिकृत चक्रपाणी अधिकारीले प्रस्तुत गरेको बिभिन्न बिषयमा केन्द्रित रहि अभिमुखिकरण गर्ने कार्य सम्पन्न भएको छ । सो कार्यक्रमका अध्यक्ष कृषि क्षेत्र विकास कार्यक्रम, कार्यक्रम समन्वय इकाई, बागचौर सल्यानका इकाई प्रमुख कृषि अधिकृत प्रकाश पौडेलले कार्यक्रम संचालन मोडालिटि, कार्यक्रमको सह लगानि, सिमा लगायतको बारेमा जानकारी गराएको थिए । उनले कपुरकोट गाउँपालिकामा कृषि क्षेत्र बिकास कार्यक्रमले बिभिन्न सह–संभागमा सम्झौता गरेका क्रियाकलापको प्रगति, अवस्था र कार्यक्रमको आगामि प्राथमिकता लगाएका बिषयमा समेत जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष दुर्गा बहादुर पुनले गाउँपालिकाले संघ र प्रदेशका बिभिन्न कार्यक्रमसगँ समन्वयमा कार्यक्रमहरु संचालन गरिरहेकोले कृषि क्षेत्र बिकास कार्यक्रम लाई समेत सफल बनाउन पालिकाले समन्वय र सहजिकरण गर्ने बताएका छन् । साथै आगामि दिनमा कृषि क्षेत्रको रुपान्तरणको लागि कार्यक्रमलाई थप परिणाममुखी बनाउनुपर्ने, कृषि र पशु सेवा शाखाको क्षमता बिकासमा कार्यक्रमले सहयोग गर्ने गरि काम गर्न जोड दिनुपर्ने बताए ।
कार्यक्रमको सहजिकरण गर्दै फिल्ड कृषि अधिकृत दिक्षा शर्मा ले कृषि तथा पशु सेवा शाखाको बिद्यमान समग्र सेवा प्रवाहको अवस्था र क्षमताको सहभागितामुलक रुपमा मुल्याङ्कन गरि कार्यक्रमको तर्फबाट पालिका साहयता कोषको कार्यन्वयनको लागि शाखाहरुको क्षमतालाई विभिन्न वर्ग र उप वर्गमा बिभाजन गरी कार्य गरिरहेको बताईन । बिभिन्न ८ वटा बर्गका २० वटा उप–बर्गमा बिभाजित सुचकहरुको आधारमा मुल्याङ्कन गर्दा शाखाहरुको क्षमता मध्यम बिकसित ( ६८.७५ % ) र १ देखि ४ सम्मको स्कोरिङ्गमा (२.७५) रहेको पाईयो भने पालिका कृषि तथा पशु शाखाको प्राथमिकता र आवश्यकता अनुसार तयार गरेको क्षमता बिकास योजनाको बारेमा फिल्ड कृषि अधिकृत दिक्षा शर्माले जानकारी गाराईन ।
कार्यक्रममा बोल्दै गा.पा प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलिले पालिकामा कृषि तथा पशु सेवा शाखाको क्षमता बिकास लागि शाखाबाट आगामि दिनमा माटो परिक्षण तथा बालि बिरुवाको रोग किरा निदान सेवा, पशु रोग निदान र परजिवी नियन्त्रणको लागि प्रयोगशाला सेवा स्थापना तथा बिद्यमान प्रवाह भएको सेवालाई थप मजबुत बनाई किसानलाई परिस्कृत सेवा दिनेमा पालिकाको प्राथमिकता रहने बताए । कृषि क्षेत्र बिकास कार्यक्रम लगाएत अन्य सरोकारबाला निकायबाट समेत सोहि अनुसार प्राविधिक सहयोगको लागि उनले अनुरोध समेत गरे ।


कार्यक्रम कृषि तथा पशुपन्छी बिकास मन्त्रालय अन्तर्गत कर्णालीका १० वटा जिल्लामा संचालित भईरहेको ६ बर्षे परियोजनाले पालिकाहरुको समन्वयमा मुल्य श्रङ्खला बिकास, सामुदायिक र सार्वजनिक पुर्वाधारमा सह–लगानि, ग्रामिण बित्तिय पहुचँ बिस्तार र दिगो कृषि प्रसारको लागि संस्थागत बिकासको माध्यमबाट बहुपक्षिय कृषि प्रसार लगायतका क्रियाकलापहरु संचालन गरिरहेको छ । आ.व. २०७९।८० बाट औपचारिक रुपमा पालिकासगँ समक्षदारी भई कपुरकोट गाउँपालिकामा संचालनमा रहेको कार्यक्रमबाट पालिकाका बिभिन्न वडाका २० वटा समुह÷सहकारीमा कार्यक्रमको तर्फबाट ५०% सह लगानिमा करिब १ करोड ६२ लाख बराबरको रकम प्रवाह हुने गरि बेमौसमि तरकारी र खसिबोका मुल्य श्रङ्खालामा व्यवसायिक योजनाका कृयाकलापहरु कार्यन्वयन चरणमा रहेका छन । यसका साथै सामुदायिक पुर्वाधार अन्तर्गत सिचाई कुलो, पोखरी लगाएतका पुर्वाधार निर्माणको लागि पेश प्रस्तावनाहरु स्विकृति प्रकृयामा रहेका र हरेक समुह÷सहकारीमा ४० हप्ते बित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता कक्षा संचालन लगाएतका कृयाकलापहरु संचालनको लागि समुह÷सहकारीसगँ सम्झौताको चरणमा रहेका छन ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, बिशिष्ठ अतिथि पालिका उपाध्यक्ष प्रकाश भण्डारी, बिशिष्ठ अतिथि प्रमुख प्रशासकिय अधिकृत; भरत कुमार वली सहित कृषि बिकास समितिका पदाधिकारीहरु, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कृषि शाखा प्रमुख, पशु शाखा प्रमुख लगायतका शाखाका कर्मचारी र सरोकारवाला निकायको सहभागिता रहेको थिए ।
कार्यक्रमले कर्णाली प्रदेशका ५८ वटा पालिकाहरुमा पहाडी तथा उच्च क्षेत्रका कृषकहरुको गरिवी तथा पोषण असुरक्षा न्यूनिकरण गर्दै दिगो विकास लक्ष्य (१– गरिबी बिहिनता तथा २– शून्य भोकमरी) प्राप्तिमा योगदान पु¥याउने लक्ष्य राखि कृषि मुल्य श्रृंखलाका बाली वा वस्तुहरुको व्यवसाय उन्मुख उत्पादन र बजारिकरण प्रणालीमा संलग्न साना कृषक तथा सिमान्तकृत÷पिछडिएका समूहहरुको आय तथा खाद्य सुरक्षामा दिगो सुधार ल्याउने उद्वेश्यका साथ कृयाकलापहरु संचालन गरिरहेको छ ।