२० कार्तिक २०८० सल्यान

कपुरकोट गाउँ पालिका वडा नम्बर ४ को आयोजनामा यहि कार्तिक २२ गते किमुचौर घंघारिचौरमा प्रथम वडा अध्यक्ष कप २०८० उद्घाटन हुने भएको छ ।

गाउँ अनि टोल टोलका खेलाडीहरुको क्षमता वृद्धि गर्न र पुराना मौलिक कला संस्कृतिहरु पैसेरु, सोरठि, टप्पा, वनगारि, पन्चेबाजा लगाएतका नाचहरु संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यको साथ प्रथम वडा अध्यक्ष कप गर्न लागेको वडा अध्यक्ष मित्रलाल कठायतले जानकारी दिनु भएको छ ।

प्रथम वडा अध्यक्ष कप कार्यक्रममा जेष्ठ नागरिक सम्मान कार्यक्रम, मौलिक कला संस्कृति संरक्षण कार्यक्रम र वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता संचालन हुने भएकोले ४ नम्बर वडाका सम्पुर्ण टोल बिकाश संस्था, आमा समूह, जेष्ठ नागरिक, खेलाडीहरु, सम्पुर्ण वडा बासिहरु लगाएत अन्य सरोकार वालाहरुमा कार्यक्रममा सहभागी भएर सभ्य अनि भब्य रुपमा सफल बनाउन सहयोग गर्नहुन अध्यक्षले अनुरोध गर्नु भएको छ ।

त्यसैगरी कार्यक्रमलाई थप प्रभावकारी बनाउन विभिन्न क्षेत्रका विभिन्न सफल ब्यक्तिहरुलाई जिम्मेवार प्रदान गरेको समेत जानकारी दिनु भएको छ ।

प्रथम वडा अध्यक्ष कपमा हुने कार्यक्रम तथा प्रतियोगिताहरु यस प्रकार रहेका छन ।

१) जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत ७५ माथिका सबै नागरिकलाई संमान गरिने छ ।
२) मौलिक कला संस्कृति संरक्षण अन्तर्गत टोल बिकास संस्था मार्फत कला प्रदर्सन गर्ने समूहहरुलाई केहि नगद पुरस्कार सहित सम्मान गरिने छ ।

त्यसैगरी वडा अध्यक्ष कप प्रतियोगिता तर्फ….
१) खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता
#प्रथम पुरस्कार:- १५००० नगद सहित प्रमाणपत्र
#द्वितीय पुरस्कार:- १२००० नगद सहित प्रमाणपत्र
#तृतीय पुरस्कार:- ८००० नगद सहित प्रमाणपत्र

#त्यसैगरी भाले छोप्ने प्रतियोगिता:- बिजेतालाई नगद रु २००० सहित प्रमाणपत्र ।
#स्लो बाइक रेस प्रतियोगिता:- बिजेतालाई नगद रु १५०० सहित प्रमाणपत्र
#महिला घैटा फोड प्रतियोगिता:- बिजेतालाई रु १५०० सहित प्रमाणपत्र

#पुरुष दौड प्रतियोगिता….

#प्रथम पुरस्कार:- १५०० नगद सहित प्रमाणपत्र
#द्वितीय पुरस्कार:- १००० नगद सहित प्रमाणपत्र
#तृतीय पुरस्कार:- ५०० नगद सहित प्रमाणपत्र

#डोरि तान्ने प्रतियोगिता प्रतियोगिता….

#प्रथम पुरस्कार:- १५०० नगद सहित प्रमाणपत्र
#द्वितीय पुरस्कार:- १००० नगद सहित प्रमाणपत्र
#तृतीय पुरस्कार:- ५०० नगद सहित प्रमाणपत्र

#महिला दौड प्रतियोगिता…

#प्रथम पुरस्कार:- १५०० नगद सहित प्रमाणपत्र
#द्वितीय पुरस्कार:- १००० नगद सहित प्रमाणपत्र
#तृतीय पुरस्कार:- ५०० नगद सहित प्रमाणपत्र

साथमा कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्नको निमित्त डान्सर सलोमि मगर, चादनि बुढा र यमुना पुनको धमाकेदार प्रस्तुति रहने आयोजकले जानकारी गराएको छ ।
वडा अध्यक्ष कप खेलकुद प्रतियोगितामा भाग लिने खेलाडीहरुले आफ्नो टोल बिकाश संस्थाको सिफारिस साथ सहभागी हुनुपर्ने वडा सचिब हिरामण घर्तीले जानकारी दिनु भएको छ ।