सल्यान १३ कार्तिक ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल कर्णाली प्रदेश अध्यक्ष हरिमाया कार्कीको ‘बस्यो माया’ बोलको झ्याउरे गीत बजारमा सार्वजानिक भएको छ । कविराज गिरी र हरिमाया कार्कीको आवाजमा ‘बस्यो माया’ को भिडियो सार्वजनिक गरिएको हो । श्रीनाथ फिल्मसको प्रस्तुतीमा, भानुभक्त रिजालको शब्द र खेमराज गौतमले एरेन्ज गरेको उक्त गीतलाई हरिमाया अफिसियल युटुब च्यानलमार्फत आइतबार बजारमा ल्याएको हो ।
उक्त गितको भिडियोमा मुकेश थापा र अनु जि.सीको अभिनय देख्न पाइन्छ । भिडियोमा कलाकारहरु शेखर घर्ती, सरिता बुढा, प्रेम थापा र लक्ष्मी गिरी लगायतको नृत्य देख्न सकिन्छ । अर्जुन सापकोटाले छायाङ्कन गरेको उक्त भिडियोलाई चन्द्रबहादुर मन्दिरले निर्देशन र निर्मल प्याकुरेलले सम्पादन गरेका हुुन् । ‘सुर्खेतको बुलबुले तालैमा, बस्यो माया लौ ख्याल ख्यालैमा’ बोलले सिंगो देशको पर्यटकीय सम्भावना बोकेको सुर्खेतको बुलबुले ताललाई गितको माध्यमबाट प्रचार गर्न खोजिएको छ भने माया प्रेममा परेका प्रेमिल जोडिको अन्तर्मनको भावना गितले बोलेको छ । पहिलो प्रेमले मनमा ल्याएको खुशी र उमंगका अनुभुतीहरु गितमा समेटिएका छन् । गितको भिडियो हेरेर सल्लाह सुझाव तथा केहि प्रतिक्रिया दिन गायिका कार्कीले सबैलाई अनुरोध गरेकी छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
