सल्यान १४ असोज ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कर्णाली प्रदेशले कलाकार कल्याणकारी कोष स्थापना गरेको छ । प्रतिष्ठानले कर्णाली प्रदेश कार्यसमितीको ५ औं बर्षिक साधारण सभाको अवसर पारेर कलाकार कल्याणकारी कोष स्थापना गरेको हो । कलाकारहरुको जीवनमा बिभिन्न समयमा आउने अप्ठ्यारो परिस्थितिमा साहाराको रूपमा उभ्याउनका लागि कलाकार कल्याणकारी कोष स्थापना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कर्णाली प्रदेशका अध्यक्ष हरिमाया कार्कीले बताउनु भयो ।

कलाकार कल्याणकारी कोषमा २ लाख २० हजार रुपैयाँ जम्मा भएको उहाँले जानकारी दिनुभयो । कल्याणकारी कोषमा जोडिनाको लागि ७ दिन भित्र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कर्णाली प्रदेशमा सम्पर्क गर्न सकिने प्रदेश कार्यसमितीले जानकारी गराएको छ । तेस्तै कल्याणकारी कोष स्थापना गर्ने संस्थापक आजिवन सदस्यका रुपमा सम्मान स्वरुप इतिहासको पानामा नाम लेखाउन सकिने प्रदेश अध्यक्ष हरिमाया कार्कीले जानकारी दिनुभयो ।
आजिवन सदस्यता रकम
३,०००। (आजिवन साधारण)
५,०००। (आजिवन सिल्भर
७५,००। (आजिवन गोल्ड)
१०,०००। (आजिवन डायमण्ड)
१५,०००। (स्टार डायमण्ड)
त्यो भन्दा माथी जति पनि गर्न सकिनेछ ।


