तुलसीपुर,२९ भदौ । दाङमा अफनै छोराले बाबुको हत्या गरेका छन् । हिजो राति घोराही उपमहानगरपालिका ५ दलजितपुर निवासी २८ वर्षिय छोरा सन्तोष केसीले ५१ वर्षिय बाबु प्रेमबहादुर केसीको हत्या गरेको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेर छोराले सुतिरहेको अबस्थामा बाबुलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घाइते भएका बाबुको उपचारका क्रममा मृत्यु भएको हो । कुटपिट गर्ने छोरा सन्तोष केसीलाई पक्राउ गरी यस बारे थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ रहेको छ ।
