१९ भाद्र २०८०

६ नम्बर कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्ला कपुरकोट गाउँपालिकामा विभिन्न शाखामा कार्यरत कर्मचारीहरुले संयुक्त विज्ञप्ति निकालेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिति २०८० भाद्र ४ मा निजामती सेवा दिवस (भाद्र २२) गते मनाउने भनि कपुरकोट गाउँपालिकालाई पत्राचार गरेको हुँदा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सेवा सुबिधा वृत्ति विकासको सुनिश्चितता न भएको र प्रस्तावित निजामती सेवा ऎनको मस्यौदा स्थानीय तहका कर्मचारीहरुलाई निजामती परिभाषामा न समेटिएको अवस्थामा कर्मचारीहरु बिच विभेद भएको हुदा निजामती सेवा मनाउन उपर्युक्त नहुने ठानि भाद्र २२ गते सो निजामती सेवा दिवस बहिष्कार गर्ने र स्थानीय कर्मचारीहरुको सेवा सुबिधा ब्यबस्था नभए सम्म निजामती सेवा दिवस न मनाउने निर्णयका साथ सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् ।

प्रस्तावित संघीय निजामती सेवा ऎनको मस्यौदामा देहाय ब्यवस्था समाबेश गर्नका लागि जोडदार माग समेत गरेका छन् ।
जस अन्तर्गत मागहरु…..

१) संघीय निजामती सेवा ऎन नभई एकीकृत निजामती सेवा ऎन ल्याउनु पर्ने ।
२) सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेश धार स्थानीय तहमा मात्र हुनुपर्ने ।
३) सरुवा प्रणालीलाई सहमतिको आधारमा नभई अनुमान योग्य चक्रीय प्रणालीमा आधारित हुनुपर्ने ।
४) अन्तर प्रदेश सरुवाको ब्यबस्था संघीय ऎनमा नै खुलाउनु पर्ने ।
५) निजामती अस्पतालमा सबै कर्मचारिहरुलाई समेट्नु पर्ने ।
६) संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरुको सेवा सुबिधा र वृत्ति विकास सम्बन्धमा विभेद नभई समान हुनुपर्ने ।
७) प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको हुनुपर्ने ।
८) स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको पुर्ण सुरक्षाको प्रत्याभूति हुनुपर्ने ।