1. १६ भाद्र २०८०

नेपाल मगर संघ कपुरकोट गाउँ पालिकाको आयोजनामा विशेष अन्तरक्रिया तथा छलफल कार्यक्रम कपुरकोट गाउँ पालिकाको सभाहलमा सम्पन्न भएको छ ।
नेपाल मगर संघ कपुरकोट गाउँ पालिका अध्यक्ष तिलक पुन मगरको सभा-ध्यक्षतामा सुरु भएको कार्यक्रममा बोल्दै कपुरकोट गाउँ पालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दुर्गा बहादुर पुन मगरले हामि मगर जाति आफ्नो व्यबहारले गर्दा बहू-संख्यक ब्यक्तिलाई अल्पसंख्यक ब्यक्तिले नेतृत्व गरेको बताउदै अब देखि भाषा, कला, संस्कृति, लिपि सम्बन्धि कार्यक्रम तयार पारौ र सबै मिलेर अगाडि बढ्दै एउटा मगरलाई अफ्ठेरो पर्दा अर्कोले सहयोग गर्ने बानिको बिकास गर्न अनुरोध गरेका थिए । अन्तरक्रिया तथा छलफल कार्यक्रम कपुरकोट गाउँ पालिका बाट सुरु भएको र अन्य पालिकाहरुमा गर्दा आफूलाई समय मिले सम्म र जानकारी प्राप्त भएसम्म सहभागी हुने समेत जानकारी दिएका छन् ।

कार्यक्रममा बोल्दै केन्द्रिय पुर्व उपाध्यक्ष निम बहादुर बुढा मगरले मगर संघलाई गोजिमा राख्ने होइन काधमा काध राखेर अगाडि बढेर देखाउने बताएका थिए ।
यस्तै कर्णाली प्रदेश सदस्य पुर्ण बहादुर बुढा मगरले मगर जातिहरुको जन्म, मृत्युको संस्कार सिकाउने तालिमको आवश्यक रहेको बताएका छन् ।
यस्तै कर्णाली सदस्य तिलक पुन मगरले आउदा दिनहरुमा भाषा, संस्कार, शिक्षा, लिपि सम्बन्धि प्रष्ट पार्नको निमित्त सम्बन्धित आ-आफ्नो ब्यक्तिलाई क्षमता, ज्ञान अनुसार जिम्मेवार बाडफाड गरेर अगाडि बढे कार्यक्रम अझ उत्तम हुने जोड दिएका थिए ।
यस्तै ज्ञान बहादुर पुन मगरले मगर जाति पछाडी पर्नु भनेको गरिबि र पैसालाई सहि सदुपयोग अर्थात ब्यवस्थापन गर्न नजानेर पनि पछि परेको कुरा दर्साउदै पैसालाई कसरी प्रयोग र बचत गर्न सकिन्छ भन्ने बारे प्रोजेक्ट मार्फत बुझाएका थिए ।
यस्तै नेपाल मगर संघ जिल्ला समन्वय समिति अध्यक्ष यम थापा मगरले छलफल तथा अन्तरक्रिया कार्यक्रम कपुरकोट गाउँ पालिका बाट सुरु भएको र सल्यान जिल्लाका सबै पालिकामा कार्यक्रम गर्ने बताउदै सबैको सकारात्मक सल्लाह सुझावको खाचो भएको र साथ सहयोग दिन समेत आग्रह गरेका छन् ।
यस्तै नेपाल मगर संघ जिल्ला समन्वय समिति सल्यानका सचिब पुष्कर बबाल मगरले मगर जातिलाई राजनीति चेतना, शैक्षिक चेतना, धार्मिक चेतना नदिदा सम्म मगर जाति अझ पछाडि पर्ने कुरा राख्दै यि यस्ता कुरामा नेतृत्वले ब्यबस्थापन गर्न समेत आग्रह गरेका छन् ।
यस्तै सल्यान उध्योग बाणिज्य संघ सल्यानका पुर्व सदस्य कमल घर्ती मगरले प्रदेश र जिल्ला कार्य समितिको समन्वयमा वडाहरु हुदै पालिका-पालिकामा मगर भाषा सिकाउने तालिम संचालन गर्न अनुरोध गरेका छन् ।

आदिवासी तथा जनजाति पत्रकार महासंघ जिल्ला शाखा सल्यानका अध्यक्ष चुडामणि पुन मगरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन नेपाल मगर संघ कपुरकोट गाउँ पालिका सचिब टेक बहादुर पुन मगरले गरेका थिए ।
कार्यक्रममा गाउँ पालिकाका विभिन्न गाउँ बाट मगर दाजुभाइ लगाएत पत्रकारको सहभागी थियो ।