सल्यान, ३१ असार ।
नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल कालिमाटी गाउँपालिकाको नयाँ नेतृत्व चयन भएको छ । सोमबार सम्पन्न संघको तेश्रो पालिका अधिवेशनबाट पुनः टेक बहादुर सुवेदी अध्यक्षमा चयन भएका छन् । राष्ट्रिय युवा संघ नेपाल कालिमाटी गाउँपालिका कमिटीको उपाध्यक्षमा गोवद्र्धन राना र सहसचिवमा गणेश विक चयन भएका छन् । अन्य पदाधिकारी पछि थप गर्नेगरी ११ सदस्यीय कमिटी गठन गरिएको युवा संघ कालिमाटीले जनाएको छ ।
सो अवसरमा नेकपा एमाले सल्यानका उपसचिव तथा कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले समाज परिवर्तन र देश बनाउनका लागि युवाहको भुमिका महत्वपूर्ण हुने बताए । उनले नेकपा एमालेले मात्रै युवाका मुद्दाहरु गहनताका साथ उठाउने गरेको भन्दै समाजका हरेक गतिविधिमा युवाको नृतृत्व अपरिहार्य रहेको बताए ।
अधिवेशनमा अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य तथा एमाले सल्यानका सचिवालय सदस्य सनशिलता वली डिसी, एमाले कालिमाटीका अध्यक्ष केशर बुढा, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य रुपक बुढा लगाएतले बोल्दै एमालेले युवाहरुको महत्वलाई गम्भीरताका साथ लिदै वडा वडाः भावी युवा नेता कार्यक्रम सञ्चालन गर्ने निर्णय लिएको बताएका थिए । यस्तै कार्यक्रममा एमाले जिल्ला कमिटी सचिवालय सदस्य इन्द्र बहादुर वली, रवीलाल वस्नेत, अमर डाँगी, जीत बहादुर यरी, वेल ब चन्द, घनश्याम पुन, युवा संघ सल्यानका सचिव प्रविण घर्ती, टोप बहादुर कार्की लगाएतले बोल्दै एमालेलाई बलियो बनाउनका लागि युवाहरु जागरुक बन्नुपर्नेमा जोड दिएका थिए ।
