असार ३१,सल्यान

सल्यानको बागचौर नगरपालिकाले आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट वक्तव्य जारी गरेको छ । शनिवार ११ औँ नगर सभा मार्फत बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले आर्थिक वर्ष २०८०र०८१ को बजेट वक्तव्य जारी गर्दै ७१ करोड ३७ लाख ७९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन ।

“सबल स्थानीय सरकार, समृद्धि बागचौर नगर” भन्ने मूल नाराका साथ सञ्चालन भएको ११ औँ नगर सभाबाट आगामी आर्थिक वर्ष २०८०र०८१ मा चालू खर्च तर्फ रु।४९ करोड ३२ लाख ९६ हजार तथा पूजिगत खर्च तर्फ रु। २२ करोड ४ लाख ८३ हजार विनियोजन गरिएको छ ।
बागचौर नगरपालिकाको ११ औँ नगर सभाबाट पूर्वाधार विकास क्षेत्रतर्फ नगरपालिकाको प्रशासनिक भवनको तला थप गरी भवन निर्माणका लागि रु १ करोड ५० लाख विनियोजन गरिएको छ । यस्तै सबै वडाहरूले आफ्नै भवनबाट सेवा प्रवाह गर्नका लागि आफ्नै भवन नभएका वडा नं। २, ५, ७, ९, र १० मा ठेक्का प्रक्रिया मार्फत कार्य सञ्चालन भइरहेका उक्त वडाहरूका लागि वडा भवन निर्माण गर्न रु १ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ । साथै वडा नं। १ र वडा नं। ३ को वडा कार्यालय भवन निर्माणको लागि ९० लाख विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

नगर भित्रका १२ वटै वडाहरूको टोलटोलमा विद्युत् विस्तार गर्ने नीति अनुसार विद्युत् विस्तार गरिने योजना लगिएको छ । एक घर एक धाराको नीति अनुरूप खानेपानी आयोजनाहरूको निर्माण तथा मर्मत सम्भारलाई पहिलो प्रथामिकतामा राखिएको छ । जसका लागि सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता ९सुस्वा० परियोजनासँगको सह लगानीका लागि रु। १ करोड ३० लाख विनियोजन गरिएको छ । बागचौर नगरपालिकाको आफ्नै स्वामित्वमा रहेको निर्माणाधीन बहुउद्देश्यीय सभा हलका लागि रु। ४० लाख विनियोजन गरिएको छ । यस्तै, स्वास्थ्य चौकी पेदिखोलामा बर्थिङ सेन्टर निर्माणका लागि रु।३२ लाख विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

त्यस्तै, ११ औँ नगर सभामा बजेट प्रस्तुत गर्दै सामाजिक विकास तर्फ १० शय्याको आधारभूत अस्पताल निर्माण कार्यको लागि २० लाख विनियोजन गरिएको छ । सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारीहरूलाई सङ्घीय सरकारले निर्धारण गरे बमोजिम र नगर अनुदानतर्फ कार्यरत शिक्षकहरूको लागि रु।३ करोड विनियोजित गरिएको छ । बागचौर नगरपालिकाको समग्र शैक्षिक अवस्थालाई सुधार गर्न विशेष अनुदान अन्तर्गत रु।९० लाख विनियोजन भएको छ ।
यस्तै, ११ औँ नगर सभाबाट वन वातावरण तथा विपद् व्यवस्थापनमा रु। १ करोड विनियोजन गरिएको छ । आर्थिक विकास तर्फ आर्थिक मेरुदण्ड तथा जीवन निर्वाहको प्रमुख श्रोतका रुपमा रहेको कृषि र पशु क्षेत्रमा कृषकलाई सहयोग प्रदान गरी किसानहरूलाई प्रोत्साहित गर्दै कृषि क्षेत्रमा आत्म निर्भर बनाउने लक्ष्य राख्दै कृषकहरूलाई उन्नत बीउ, विजन तथा किटनाशक औषधी उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरिएको छ ।
यस्तै, पशुतर्फ आकस्मिक रोग नियन्त्रण, समूह तथा सहकारीलाई प्रजननयोग्य बोका राँगा खरिद, हिउँदे र बहुबर्षे घाँसको बिउ, बेर्ना वितरण जस्ता कार्यक्रमहरूको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, श्रम तथा रोजगार, सामाजिक विकास, शिक्षा, खेलकुद, स्वास्थ्य, खानेपानी, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, कला साहित्य, संस्कृति, सुशासन तथा संस्थागत विकास, सूचना सञ्चार तथा प्रविधि, न्याय तथा कानुन, वित्तीय व्यवस्था लगायतका क्षेत्रमा समेत बजेट विनियोजन गरिएको छ । साथै कार्यक्रममा स्थानिय पहिचान सहितको बागचौर नगरपालिकाको लोगो समेत सार्वजनिक गरिएको छ ।