दाङ, २१ असार ।
सिटिईभिटी अन्तर्गतको तुलसीपुर स्थित भ्यालि टेक्निकल ईन्स्टिच्यूटले त्यहाँ सञ्चालित उद्यम विकास सहजकर्ता EDF  कक्षा अध्ययनका लागि ६० जना विद्यार्थीको नाम निकाल्यो । तर ६० मध्ये ५१ जना मात्रै अध्ययनका लागि ईन्स्टिच्यूटमा अध्ययन गर्न आए । ५१ जना अध्ययनरत विद्यार्थी रहेको यो कक्षाको पढाई पुरा भैसक्यो । १८ महिने कोर्षको अध्ययन पुरा गरेका ४० जना विद्यार्थीले परिक्षा दिइसके । तर ११ जना विद्यार्थीले भने अहिलेसम्म परिक्षा दिन पाएका छैनन् । उनीहरु परिक्षाको मिति कुरेर बसेका छन् । बिद्यार्थीहरुले गराएको जानकारी अनुसार त्यहाँका शिक्षकले ‘तिमीहरुको परिक्षाको रुटिन केहि दिनमै आउँछ भनेर मिति सारिरहेको पछि बिद्यार्थिलाई झुक्याउन सामाजिक संजालका फोटोहरु निकालेर गलत रुटिन बनाएर पढाएको बताएका छन् । एसईई पास गरेपछि यो कक्षा अध्ययन गर्न पाईन्छ भर्ना भएर परिक्षा दिन नपाएका सम्पूर्ण बिध्यार्थिहरुले आफुले बुझाउनु पर्ने सबै शूल्क बुझाइसकेको पनी बताए । १८ महिने कोर्षका लागि भर्ना सहितको ६० हजार र परिक्षा शूल्क वापत थप १३ हजार ९ सय रुपैयाँ उनीहरुले कलेजलाई बुझाई सकेका छन् । तर उनिहरुको परिक्षा कहिले हुने हो बिद्यालयले ठोस निर्णय दिएको छैन ।
एक विद्यार्थी आफुहरुको समस्याका निम्ति कुनैपनि सरोकारवाला निकायले ध्यान नदिएको बताएका छन् । तर एक जना बिद्यार्थिले अनेरास्ववियु सल्यानका संयोजक बिशाल पुनसंग आफ्नो यो सबै कुरा सुनाए र सहयोगको लागि अनुरोध गरे ।
पुनको नेतृत्वमा अनेरास्ववियु दाङका नेताहरु उक्त कलेज पुगे र सोधपुछ गर्दा कलेजले चलाखी गरेको बुझिएको छ । सिटिईभिटी अन्तर्गतको यो कक्षामा यो कलेजले पाएको कोटा भनेको ४० जना विद्यार्थी संख्या मात्रै हो भनि संचालक ले स्विकार गरेपछि शिक्षाका नाममा ईन्स्टिच्यूटले बदमासी गरेको पत्ता लागेको छ ।
बिद्यार्थि नेता पुनले कोटा भन्दा बढि भर्ना गरिएका ११ जना विद्यार्थीको परिक्षा भने अन्यौलमा देखियो र बिद्यार्थिको समस्या समाधानको लागि कलेजसंग तिन बुदे सहमति गरी कार्यान्वयन गर्न दबाब दिएको बताएका छन् । कलेज सन्चालकले पनि उक्त सहमति कार्यान्वयनको लागि सकारात्मक प्रतिबद्धता जनाएको छ । यदि सहमति कार्यन्वयन नगरे अनेरास्ववियुले थप कार्वाही अगाडि बढाउने पनि उनले बताए ।
SEE मा पास हुने सम्पुर्ण विद्यार्थीलाइ सुभकामना दिदै कलेजका यस्ता गतिविधि देखि सावधान रहि शैक्षिक संस्था रोज्दा शैक्षिक संस्था बारे राम्रो जानकारी लिन पनि उनले अनुरोध गरेका छन । हरेक आन्दोलनमा आम विद्यार्थी र जनताको साथमा रहेको अनेरास्ववियुले त्याग, समर्पण र बलिदानिको उच्चतम नमुना प्रदर्शन गरेको थियो र छ, हामी कोहि बिद्यार्थीलाई अन्याय हुन दिदैनौ कति पय घटना हामि सम्म आइपुग्दैनन र तेसै सेलाएर जान्छन बिद्यार्थीको साथमा हामि छौ र जो कोहि बिध्यार्थिलाई अन्याय हुदा हामिलाइ सम्झनु होला हामि साथ दिन्छौ बिद्यार्थि नेता पुनले भनेका छन् ।

यस्तो छ बिद्यार्थि संगठन र कलेज संचालक बिच भएको सहमती