१७ असार,घोराही ।

दाङमा जातीय विभेद गरेको आरोपमा पक्राउ परेका माथि जातिय विभेद विरुद्ध मुद्दा दर्ता गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ का ताराप्रसाद पोख्रेल विरुद्ध पिडितहरुले आज मुद्धा दर्ता गरेका हुन । मुद्धा दर्ता भएपछि अदालतबाट म्याद थपका लागि पठाईएको डिएसपी राजन कुमार गौतमले जानकारी दिए ।

ताराप्रसादले कोठा भाडामा बस्दै आएका अदानचुली गाउँपालिका–३ हुम्लाका २३ वर्षीय अंगराज परियार, पञ्चदेवल नगरपालिका–७ अछामका २३ वर्षकै महेन्द्र बिक र उनकी पत्नी २३ वर्षीया शान्ति विकलाई घर छाड्न दबाव दिदै दुव्र्यवहार गरेका थिए ।

उक्त घटनाको विरोधको गर्दै दलित संबद्ध संघसंस्था एवं दलित अधिकारकर्मी केशव नेपाली, गणेश विश्वकर्मा, फत्ते परियार लगाएको पहलमा जिल्ला प्रहरी कार्यालय दाङमा मुद्दा दर्ता गरिएको छ ।।