सल्यान, ७ असार । मदन भण्डारी फाउन्डेसनले सल्यानमा जिल्ला स्तरिय भेला सम्पन्न गरेको छ । विहिबार सल्यान सदरमुकाम खलंगामा भेला सम्पन्न भएको हो । भेलामा जिल्लाका दशवटै स्थानिय तहबाट प्रतिनिधिहरु सहभागी थिए ।

भेलालाइ सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पार्टीका रुकुम पश्चिम इन्चार्ज गुलाबजंग शाहले जननेत मदन भण्डारीले पुर्याउनुभएको राजनीतिक योगदान, उहांले अघि सारेका नविनतम विचार र मान्यताहरुको प्रयोग गर्दै सामाजिक विकास तथा परिवर्तन प्राप्त गर्नुपर्ने धारणा व्यक्त गरे ।

यस्तै भेलामा बोल्दै मदन भण्डारी फाउन्डेसन प्रदेश सदस्य तथा एमाले जिल्ला कमिटी उपाध्यक्ष भिम बहादुर सेन, फाउन्डेसनकै जिल्ला अध्यक्ष तथा पार्टी सचिव ओज बहादुर बुढाथोकी, पार्टी उपसचिव दान बहादुर केसी, अनेमसंघ केन्द्रीय सदस्य तथा जिल्ला कमिटी उप -सचिव पुष्पा बोहरा लगायतले मदन भण्डारीको बहुआयामिक व्यक्तित्व र उहांका वहुपक्षिय योगदानहरुको अध्यन, अनुसन्धान गर्नुपर्नेमा जोड दिएका थिए । भेलाले फाउन्डेसनको जिल्ला कमिटिलाइ पुर्णता दिएको पनि बताइएको छ ।

जननेता मदन भण्डारीका नाममा स्थापित फाउण्डेशनले सामाजिक कार्यका साथै विकासनिर्माणका काममा समेत सहजीकरण गर्ने लक्ष्य लिएको छ । नेकपा(एमाले)का तत्कालीन महासचिव भण्डारीको जीप दासढुङ्गाबाट त्रिशूलीमा खसेको थियो । उनको शव गाँजीपुरमा भेटिएको थियो ।