सल्यान २१ जेठ ।
सल्यान कपुरकोट गाउँपालिका वडा नं. ५ निवासी टिकामाया नेपालीको १ तोलाको सिक्री हराएको छ । टिकामाया कपुरकोट गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत कर्मचारी हुन । कार्यालय समयमा कार्यालय परिसरमा नै जेठ १९ गते शुक्रबारको दिन सिक्री हराएको उनले बताएकी छन् । सिक्री फेला पारी बुझाउनेलाई रु २५ हजार पुरस्कार दिने उनले बताएईन । सिक्री भेटाउने जो कोहीले पनि मानवताको धर्म निभाई आफुलाई बुझाउना उनले अपिल गर्दै दुख व्यक्त गरेकी छन् । भेटाउनेले सम्बन्धित व्यक्तिको सम्पर्क नं. ९८४४९६८३११ मा सम्पर्क गरीदिनु हुन उनले अनुरोध समेत गरेकी छन् ।
