१९ सल्यान २०८०
सांगितिक क्षेत्रमा लागेका लोकप्रिय कलाकार सुशीला थापा र नबराज काप्री (धादिङे भाले) को “धादिङ नुवाकोट” बोलको गित सर्वजानिक भएको छ ।
नबराज काप्रीको उत्कृष्ट शब्द र मन छुने लयमा तयार पारिएको गितमा नबराज काप्री र सुशीला थापाको कर्णप्रीय स्वर रहेको छ । गीतमा नबराज र सुशीला कै मुख्य अभिनयमा भिडियो तयार पारिएको छ । साथमा लोकप्रिय कलाकार बिष्णु सुनार लगाएत अन्य कलाकारहरुको पनि सहभागिता देखिन्छ । गितमा झट्ट हेर्दा ठट्यौली पना देखिए पनि गाँउले परिवेश भित्रको वस्तु स्थिति तथा यथार्थ परक माया प्रेमको कहानी झल्काउन खोजिएको छ । नबराज काप्री र सुशीला थापाको रमाइलो अभिनयमा आधारित गितमा थापा र काप्री सङ्गै अन्य कलाकारहरुको रोचक घोचक ठट्यौली टुच्च टुच्च बेला देखिन्छ ।
गीतको भिडियोलाई दिपेन्द्र काप्री ले निर्देशन गरेका छन् । तेस्तै एरेन्जर बिपिन आचार्य, स्टुडियो एम बि अडियो, क्यामेरा इडिट समिर रामदम को रहेको छ । उक्त गित नबराज काप्रीको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक भएको छ ।
नबराज काप्री कमेडि सङ्गै लाइभ दोहोरी गाउनमा माहिर छन् । सुशीला थापा पनि लाइभ दोहोरी गाउन सङ्गै स्टेज कार्यक्रममा राम्रै लोकप्रियता देखिन्छ । भने यो भन्दा पहिले थापाको मुलको पानी, नजर, रापति भेरि जस्ता थुप्रै लोकप्रिय गित बजारमा आइ सकेका छन ।
काप्री र थापाले गित राम्रो बनाउनको लागि धेरै मेहनत गरेको र एक चोटी फुर्सद मिलाएर गितको भिडियो हेरेर तथा गित सुनेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन र देश तथा विदेशमा रहनु हुने सम्पूर्ण दर्शकहरुले शेयर गरेर साथ दिनुहुनेछ भन्ने अपेक्षा समेत गरेका छ्न ।
पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
