जेठ ११, रुकुम पश्चिम ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट सदरमुकाम मुसीकोटतर्फ आउँदै गरेको जु १ ज १७४७ नम्बरको जिप बिहीबार बिहान बाँफिकोट गाउँपालिका–८, दुलीमा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा मृतकको सानोभेरीका ७० वर्षीय कर्णबहादुर बाठा मगर, सुत्केरी महिला २२ वर्षीय रेखा खनाल केसी र उनको बच्चा रोशन केसी छन् । यस्तै वर्ष ५० को देउचन खत्री र २३ वर्षीया सितला कुसारीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते १० जनामध्ये ५ जनालाई थप उपचारका लागि खलंगा अस्पताल पठाइएको र ५ जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज पठाइने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले बताए ।

घटना स्थलमा पानी परिरहेकोले उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।