वैशाख २८, सल्यान ।
सल्यानको कपुरकोट गाउँपालिकामा बेमौसमी तरकारी खेती सम्बन्धि बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकारका कृषि मन्त्रि, सल्यान जिल्लाका १० वटै स्थानिय तहका प्रमुख, जनप्रतिनिधि र रोल्पाको रुन्टिगढी गाउँपालिका, त्रिवेणी गाउँपालिका अध्यक्ष तथा कृषि विज्ञहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार सल्यानको कपुरकोट गाउँपालिकामा बेमौसमी तरकारी खेतिको विस्तार र बजारीकरण बिषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भिम प्रकाश शर्माले थोरै जमिनमा पनि धेरै तरकारी खेती गर्न सकिने गरि नयाँ अभ्यास गर्नुपर्ने बताएका छन् । सल्यान जिल्ला बेमौसमी तरकारी खेतिले मात्र परिचित भएकाले अव बाह्रैमास मौसमी तथा बेमौसमी तरकारी खेति गर्नुपर्ने बताएका छन् । अव व्यक्ति अनुदानलाई नभएर कलस्टर तोकेर स्थानिय तहले गरेको सिफारिसका अनुसार कुन वडामा के आवश्यकता छ त्यसैको आधारमा कार्यक्रम बनाउने उनले बताए । मन्त्री शर्माले विगतमा व्यक्ति अनुदान दिदा त्यसको दुरुपयोग भएको छ, देखिने गरि काम हुन सकेन, अव हामी नयाँ अभ्यासमा जादैछौ, प्रदेशले कृषि प्रवद्र्धन ऐन बनाईसकेकाले सो ऐन अनुसार हामी कार्यक्रम बनाउछौ । स्थानिय तहले क्षेत्र तोकेर पठाए मात्र कलस्टरमा जान्छौ । तरकारी खेतिलाई बिस्तार र बजारीकरण गर्नको लागि रोड करिडोरलाई प्राथामिकता दिइने बताएका छन् ।
कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले उत्पादनलाई मात्र नभएर बजारीकरणको आवश्यकता रहेको कुरामा जोड दिएका छन् । कपुरकोटमा तरकारी भए जस्तै जिल्लाका अन्य पालिकामा पनि तरकारी उत्पादन र कहाँ के उत्पादन हुने सम्भावना छ, तेही उत्पादनमा जोड दिने बताए । जसको लागि उत्पादन बढाउन माटो परिक्षणलाई जोड दिने, किसानलाई तालिमको व्यवस्था गर्ने र आधुनिक प्रबिधिसंग जोडने खालको कार्यक्रम ल्याउन मन्त्री शर्मा लाई अग्रह समेत गरे ।
कृषकले उत्पादन गरेको बस्तु वजार नपाएको कुरालाई सम्झदै सल्यानका १० वटै स्थानिय सरकार र सल्यानको कपुरकोट गाउँपालिकासंग जोडिएका रोल्पाका २ स्थानिय तहले आपसी साझेदारीमा कृषि, तरकारी खेती र वजारलाई व्यवस्थित गर्ने गरी ११ बदे प्रतिवद्धता पत्रमा हस्ताक्षेर समेत गरेका छन् ।
सल्यानको कपुरकोट गाउँपालिकाले अयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रममा गाउँपालिका उपाध्यक्षले वेमौसमी तरकारी खेतीको सम्भावना, उत्पादन र वजारीकरणको लागि गर्न सकिने पहलकदमी सहितको कार्यपत्र प्रस्तुत गरेको थिए । सोही कार्यपत्रमा रही छलफल गरेर केहि संसोधन सहितको प्रतिवद्धता पत्र तयार गरिएको छ ।
प्रतिवद्धता पत्र

कार्यक्रममा लिईएको केहि फोटाहरु