सल्यान, २५ बैशाख ।
कुमाख गाउँपालिका वडा नं. ६ बडागाउमा निवासी पुस्कर पन्त सुनारले जन्मदिनको अबसरमा आफुले कक्षा १ देखी १० सम्म अध्यायन गरेको बिद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेका छन् । जिल्लाको कुमाख गाउँपालिका वडा नं ६ बडागाउमा रहेकोे श्री जनकल्याण माध्यमिक विधालयका विद्यार्थी लाई पुष्कर पन्त सुनारले १५ दर्जन कापी कलम सहित खेलकुद सामाग्री हस्तानतरण गरेका छ्न ।
सुनारले जन्मदिनमा फजुल खर्च गरेर मनाउनु भन्दा सार्वजनिक संस्था तथा विपन्न गरिव वालबालिकालाई सहयोग गर्नु पर्ने बताए । उनले श्री जनकल्याण मा विमा पढ्ने निम्न स्तरका विद्यार्थीहरुलाई केही राहत स्वरुप कापी कलम उपलब्ध गराएको बताएका छन । विधालयलाई सहयोग हुने हिसाबले जन्मदिन स्कुलमा मनाएको बताए । सुनार सानै देखि सामाजिक काम गर्न रुचाउने र उनले बिगतमा विश्व भरी फैलिएको कोरोना महामारीको समयमा पनि घर घर गएर सचेतना दिदै माक्स वितरण पनि गरेको उनले बताए ।
उनि अखिल क्रान्तिकारी विद्यार्थी संगठन आबद्ध भइ सल्यानको विद्यार्थी आन्दोलन निम्ति पनि आफुले विशेष पहल गरेको समेत जनाए । उनले शिक्षामा भएको निजीकरण, ब्यापारीकरण विरुद्ध बिद्यार्थी आन्दोलनबाट आवाज उठाउदै आएको बताए । सुनारले आगामी दिनमा विधालयको शैक्षिक अवस्था उन्नती प्रगतिमय रहोस् भन्दै आफुले पढेको बिद्यालयमा धेरै ज्ञान प्राप्त गरेको भन्दै विधालय परिवारलाई धन्यवाद दिएका छन ।