सल्यान २५ बैशाख ।
छत्रेश्वरी गाउँपालिका वडा नं.१ दमाचौरमा स्थानिय लोक कला संरक्षण तथा प्रवद्र्धन सम्बन्धि बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । छत्रेश्वरी गाउँपालिकाको आर्थिक सहयोगमा र सहयात्री कला केन्द्र श्रीनगरको अयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सल्यान जिल्लाको लोक साँस्कृतिको संरक्षण हुने खालको छत्रेश्वरी गाउँपालिका स्तरिय पान्चेबाजा, मयुर नाँच, लहरे नाच, पैसेरी, टप्पा नाँच, झ्याउरे, सोरठी, मारुणी नाँच लागायतको पुरोना नाँचहरुलाई प्रस्तुत गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिका अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि ओज बहादुर बुढाथोकीले पुरानो मौलिक कला साँस्कृति संरक्षणको दायित्व स्थानिय सरकारको भएको बताएका छन् । हाम्रो गाउँघरमा पहिलेको मौलिक नाँचहरु हराउदै गएको प्रति चासो देखाउदै उनले पुरानो साँस्कृतिको संरक्षण र नयाँ साँस्कृतिको खोजि गर्ने जिम्मा युवा पुस्ता पनि भएको बताए । तेस्तै गाउँपालिका उपाध्यक्ष बुद्धा के.सी ले यस्ता मौलिक कला साँस्कृतिको संरक्षणको लागि गाउँपालिकाले हरेक वर्ष बजेटको व्यवस्था गरेको बताईन । उनले लोपन्मुख कला साँस्कृतिको संरक्षणमा बृद्धा तथा युवा पुस्ताको उतिकै जिम्मेवारी रहेको बताईन । बृद्धा पुस्ताले आफुले सिकेको कुरा नयाँ पुस्तालाई सिकाउने र युवा पुस्ताका पनि तेस तर्फ चासो देखाउनु पर्ने बताईन ।
कार्यक्रममा छत्रेश्वरी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष प्रकाश हमाल, ३ नं. वडा अध्यक्ष तिर्थराज दाहाल, ५ नं. वडा अध्यक्ष फौद बहादुर बस्नेत, गाउँपालिका अध्यक्षका स्वकिय सचिव खडग शाही लगायतको आथितथ्यता रहेको थियो । तेस्तै वडा नं. १ का वडा सदस्य भिम बहादुर शाही, चुडामणी न्यौपाने, दिपा घर्ती, शुसिला बि.क, भानुभक्त मा.वि दमाचौरका प्र.अ खुमानन्द केसी लगायतको आथितथ्यता रहेको थियो ।
कार्यक्रममा म्युजिक भिडियो निर्देशक मोडल तथा गायक एकराज थापा पछिल्लो समयका चर्चित कलाकार कृष क्षेत्री, कलाकारहरु रिता रावत, पे्रम नारायण वि.क, दिपक बर्मा, अन्जना वि.क, लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए । तेस्तै सालिक क्षेत्री, सन्तोष बुढा, सलोमी मगर, दिपेश शाह, अर्जन बि.क, प्रेम चलाउने, कमला सुनार र बिमला बि.क लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए ।
कार्यक्रमलाई समापन गर्दै आयोजक सहयात्री कला केन्द्रका निर्देशक तथा कार्यक्रमको सभाअध्यक्ष एकराज थापाले कार्यक्रम सफल बनाउनाको लागि सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् । उनले जिल्लामा सहयात्री कला केन्द्रले पहिले देखि नै कला साँस्कृति संग सम्बन्धित विभिन्न कार्य गर्दै आएको र अव दश वटै स्थानिय तहमा सहकार्य गरेर मौलिक कला साँस्कृति संरक्षण सम्बन्धि कार्यहरु गर्दै जाने बताए । कार्यक्रमको संचालन पत्रकार नोखिराम थापाले गरेका थिए ।
सहयात्री कला केन्द्रको स्वागत गितबाट सुरु भएको कार्यक्रममा पत्रकार, सरुक्षाकर्मि, कलाकर्मी, तथा स्थानिय बसिन्दाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम बैशाख २१ र २२ गते सम्पन्न भएको हो ।








