सल्यान २५, चैत ।
सांगितिक क्षेत्रमा लागेका उदयमान कलाकार गणेश डाँगी गगनको “तिमि मेरै थियौं” बोलको गित सर्वजानिक भएको छ । गणेश डाँगीकोे शब्द संगित रहेको गितमा गणेश डाँगी र देवि बस्नेतको स्वर रहेको छ । गीतमा भगवती मगर, दिप श्रेष्ठ, पूर्ण के.सी., कैलाश बुढाथोकी, निशा बुढाथोकी, सरोज रेग्मी र अमृत बुढा मगरले अभिनय गरेका छन् । गीतको भिडियोलाई गणेश डाँगीले नै निर्देशन गरेका छन् । तेस्तै एरेन्जर गोविन्द मधुर आचार्य, स्टुडियो म्युजिक एरा रेकर्डिष्ट मिक्सिङः सन्तोष पौडेल, ब्यबस्थापन भिम ओली (एस.बि.), क्यामेरा इडिट वसन्त राना मगरको रहेको छ । उक्त गित जि.जि मिडिया युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गितमा गाँउले परिवेश भित्रको वस्तुस्थिति तथा यथार्थ परक माया प्रेमको कहानी झल्काउन खोजिएको छ । गणेश डाँगी आफैमा सर्जक, साहित्यकार तथा संचारकर्मी पनि हुन । उनले पहिले देखि लोक प्रिय गित, साहितिक रचनाबाट दर्शक, स्रोता तथा पाठकहरुले मन जित्दै आएका छन् ।
गायक डाँगिले भने गित राम्रो बनाउनाको लागि धेरै मेहेनत, लगानी गरेको छु, एक चोटी गितको भिडियो हेरेर तथा गित सुनेर प्रतिकृया दिना र देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दर्शकहरुले शेयर गरेर साथ दिनुहुनेछ भन्ने अपेक्षा गर्दछु, धन्यवाद ।
पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
