सल्यान २० बैशाख ।
छत्रेश्वरी गाउँपालिका १ दमाचौरमा यहि बैशाख २१ गते देखि २३ गते सम्म बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । छत्रेश्वरी गाउँपालिकाको सहयोगमा र सहयात्री कला केन्द्र श्रीनगरको अयोजनामा कार्यक्रम हुन लागेको सहयात्री कला केन्दका निर्देशक एकराज थापाले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको साथै स्थानिय कलाकारको बेजोड साँस्कृतिक प्रस्तुति रहने छ । त्यसैगरी सल्यान जिल्लाको लोक साँस्कृतिको संरक्षण हुने गरी लोकदोहोरी, नृत्य, लहरे नाच, पैसेरी, मयुर, टप्पा नाँच, झ्याउरे, सोरठी, मारुणी नाँच लागायतको पुराना नाँचहरुलाई प्रस्तुत गरिनेछ । त्यस्तै ठाडीभाका, पान्चेबाजा तथा छत्रेश्वरी गाँउपालिका भित्रका बिभिन्न आमा समुहका नाँचहरु पनि देखाईने निर्देशक एकराज थापाले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला शाखा सल्यानको कलाकारहरुको पनि प्रस्तुति रहनेछ ।

सल्यान जिल्लाका पुराना कलाकार काँसिराज अधिकारी, म्युजिक भिडियो निर्देशक मोडल तथा गायक एकराज थापा पछिल्लो समयका चर्चित कलाकार कृष क्षेत्री, कलाकारहरु रिता रावत, पे्रम नारायण वि.क, पोषण श्रेष्ठ, दिपक बर्मा, महेन्द्र तिवारी, गोविन्द्र रसाईली, बिष्णु सुनार, मान बहादुर परियार, अन्जना वि.क, मुना खड्का लगायतका कलाकारहरु आउने भएका छन् । तेस्तै खुम बुढाथोकी, सालिक रोका, सन्तोष बुढा, सलोमी मगर, दिपेश शाह, सुदिपा ठकुरी, अर्जन बि.क, सिमरन आर.सी, प्रेम चलाउने, कमला सुनार, चन्द्र प्रकास थापा बिमला बि.क लगायतका कलाकारहरु आउने आयोजकले जनाएको छ ।.