२७ चैत सल्यान । सल्यानमा लघुवित्तीय संस्था विरुद्ध प्रदर्शन जारी रहेको छ । पछिल्लो समय लघुवित्त संस्था पीडितहरु सडकमै उत्रिएका छन् । लघु वित्तीय संस्था विरुद्धको संघर्ष समिति सल्यानले चैत्र २१ गतेदेखि प्रदर्शन र कोणसभाका कार्यक्रमहरु राख्दै आएको छ । उनीहरुले लघु वित्तीय संस्थाहरुले लगाएको सामूूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानहरुलाई निःशुुल्क ऋण प्रदान गर्नुपर्ने, राज्यले आवश्यकता र क्षमता बमोजिमको कामदामको व्यवस्था गर्नुपर्ने, समाजवादी अर्थतन्त्रको व्यवस्था गर्नुपर्ने जस्ता नाराहरु लेखिएका व्यानर र प्लेकार्डहरु बोकेर सडकमा उत्रिएका हुुन् । आन्दोलनमा सहभागीहरुले लघुवित्तको कारणले परिवारमा समस्या थपिएको बताए । चर्को व्याजले गर्दा गरिबहरु माथि उठ्नै नसक्ने अवस्था आएको उनीहरुको भनाई छ । लघु वित्तीय संस्थाहरुले राष्ट्र बैंकको नियम नमानेर ऋण प्रवाह गरेर सास्ती दिएको आरोप जीतपुरकै ताहिर खान पठानको आरोप छ । ‘लघु वित्तले सही कारणले लगानी गरेनन्, सही दिशामा हिँडेनन्, राष्ट्र बैंकको निर्देशन टेरेनन्,’ उनीहरुको भनाई छ । ऋणीको क्षमता नबुझी कर्जा प्रवाह गरेर अहिले दुःख दिइरहेको तर्क दिदै गैरकर्जा प्रवाह गरी लघुवित्तीय संस्थाहरुले ऋणीलाई बिचल्ली बनाएको आरोप उनीहरुको छ ।
