चैत्र २४, सल्यान ।
सल्यानको कुमाख गाउँपालिकाले वडा स्तरमा पुगेर अर्धबार्षिक सार्वजनिक सुनुवाई गरिरहेको छ । रेडियो तहल्काको सहजिकरणमा पत्रकार सहित हरेक वडामा सार्वजनिक सुनुवाई कार्यक्रम राखिएको हो ।
वडा नं. ७ को जिमालीबाट आजबाट शुरू भएको सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकाका सार्वजनिक पदमा आसिन व्यक्ति र सेवाग्राही बीच सार्वजनिक रुपमा प्रत्यक्ष बहस, छलफल तथा अन्तरक्रिया भएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकी, उपाध्यक्ष लाल बहादुर रावत, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कुमार चन्द लगायत गाउँपालिकाका विभिन्न पदाधिकारीको सहभागिता रहेको थियो ।
वडा नं. ७ का अध्यक्ष डम्बर शाहीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण रेडियो तहल्का एफएमका स्टेशन म्यानेजर डिल्लीराज रावतले गरेका थिए ।
गाउँपािलकाको चालु आवको अर्धबार्षिक विकास निर्माण र सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाइमा सबैलाइ सूचित गरिएको छ।
एक दजर्नले छलफलमा सहभागि लिएको कार्यक्रममा योजना अधिकृत मान बहादुर बुढाथोकीले सार्वजनिक सुनुवाइको महत्वका बारेमा जानकारी दिएका थिए ।
वडा नं. ७ जिमालीबाट शुरु हुने सार्वजनिक सुनुवाई एक हप्ता पछि वडा नं. १ मा पुगेर सकिनेछ ।
सूचनाअनुसार शनिबार वडा नं ६, आइतबार वडा नं. ५, सोमबार वडा नं. ४ र मंलबार वडा नं. ३ मा सार्वजनिक सुनुवाई हुनेछ । त्यस्तै बुधबार २ वडा नं. र विहिबार १ नं. वडामा जनप्रतिनिधि र कर्मचारी सहित सार्वजनिक सुनुवाई हुनेछ ।