सल्यान ०४, चैत ।
सल्यानको दार्मा गाउँपालिकामा जन्मिएर कलाकारीता क्षेत्रमा लागेका उदयमान गायक रमेश शेसीको “भ्रमको खेती” बोलको गित सर्वजानिक भएको छ । पछिल्लो समयकी चर्चित तथा सर्वाधिक महंगी गायिका बिष्णु माझी र गायक रमेश शेसीले गितमा आवाज दिएका छन् । उक्त गितको शब्द लेखन टेकम पाण्डेले गरेका छन् भने लय रामु खड्काको रहेकोछ । गीतमा लोकप्रिय कलाकार सिताराम के.सी, शान्ती लुहार, जगत सुवेदी र मिरा दर्जीले अभिनय गरेका छन् । गीतको भिडियोलाई चर्चित निर्देशक रमेश भुजेलले निर्देशन गरेका छन् । उक्त गित शिव हमाल युट्युब च्यानबाट सार्वजनिक भएको छ । सल्यानी लोक तथा दोहोरी क्षेत्रको उदाउँदो र सम्भावाना बोकेको कलाकारको रुपमा रमेश शेसीलाई चिनिन्छ । उनले पहिले पनि दजनौं लोक प्रिय गितहरुबाट दर्शक स्रोताको मन जित्दै आएका छन् ।
गायक शेसीले भने भ्रमको खेती गित राम्रो बनाउनाको लागि धेरै मेहेनत, लगानी गरेको छु, एक चोटी गितको भिडियो हेरेर तथा गित सुनेर प्रतिकृया दिना र देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दर्शकहरुले शेयर गरेर साथ दिनुहुनेछ भन्ने अपेक्षा गर्दछु, धन्यवाद ।
पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
