२ चैत्र २०७९ सल्यान
यहि चैत्र ३ र ४ गते हुन लागेको नेपाल शिक्षक संघ सल्यानको नवौं जिल्ला अधिबेशनमा बामदेब अधिकारिले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
अधिकारिले नेपाल शिक्षक महासंघ जिल्लाको अध्यक्ष हुदै शिक्षक महा संघकै कर्णाली प्रदेशको उप सचीव समेत भएर कुसलता पूर्वक आफ्नो जिम्मेवारी पुरा गरि सकेका छन् ।
यसरि आफ्ना थुप्रै अनुभवहरु बटुल्दै आएकाले पनि शिक्षक संघ जिल्लाको नेतृत्व गरेर संघलाई अझ लोकप्रियताका साथ उदाहरणिय संघ बनाउन अझ सहज हुने बताएका छन् ।
आफू अध्यक्ष पदमा निर्वाचित भएपछि सम्पुर्ण शिक्षकहरुको हकहित संरक्षक र सम्बर्द्धन गर्दै पेसागत सुरक्षा तथा शैक्षिक उन्नतिका लागि निरन्तर लागि पर्ने बिश्वास दिलाएका छन ।
अधिकारी भन्छन् हामि सकेसम्म निर्वाचनमा जानु भन्दा सहमतिमा मिल्ने मिलाउने कोसिसमा छौ । यदि सहमतिमा जान सकिएन र निर्वाचन हुने परिस्थिति आयो भने जिल्ला बासि शिक्षक संघमा आवद्ध सम्पुर्ण अग्रज तथा समकालीन शिक्षक मित्रहरूले आफ्नो अमूल्य मत दिएर बिजय गराउन हुन हार्दिक अनुरोध गरेका छन् ।
