सुर्खेत २९ फाल्गुन ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २२ औं स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरमा “बृहत् रक्तदान कार्यक्रम” सम्पन्न भएको छ । प्रतिष्ठान सुर्खेतको प्राङ्गणमा सम्पन्न भएको रक्तदान कार्यक्रममा २८ पिन्ट रगत जम्मा भएको प्रतिष्ठान कर्णाली प्रदेश कमिटी अध्यक्ष हरीमाया कार्कीले बताइन । संस्थाको ऐतिहासिक दिनको अवसरमा रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष कार्कीले बताइन् । रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । उक्त कार्यक्रममा हरिमाया कार्की, भोज प्रसाद आचार्य, खड्क बहादुर चन्द, किरण पन्त, विशाल आचार्य, हिमाल मल्ल, तिर्थराज पुरी, जगदीश थापा, टोप बहादुर वि.सी., दिपेन सुवेदी, उदय बहादुर थापा, गणेश पौडेल र दिनेश सारु मगरले रक्तदान गरेका छन् । तेस्तै बिन खड्का, भुपाल थानी, धनबहादुर बिष्ट, सन्तोष थापा, रबि श्रेष्ठ, निरज ढकाल, मोहन सिंह नेपाली, कवि गिरी, कुमार सम्शेर थापा, टोप बहादुर थापा, सन्तोष कार्की, रामचन्द्र गौतम, कुल गौतम, भुपाल गाहा मगर र प्रकाश गुरूङ्गले रक्तदान गरेका छन् । प्रतिष्ठान कर्णाली प्रदेश कार्यसमितीको आयोजना र सुर्खेत जिल्ला कार्यसमितीको संयुक्त सह आयोजनामा सम्पन्न कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतको प्राविधिक सहयोग रहेको थियो ।
