१० पुष २०७९

सल्यानि कलाकारहरु कृष, देवि, घनश्याम र निर्मलाको मिक्स कोसेलि “सिस्ने हिमाल” सार्वजनिक भएको छ ।

लोकप्रिय गायक कृष क्षेत्रीको निकै उत्कृष्ट टिपिकल शब्द र मन छुने लयमा तयार पारिएको गितमा कृष क्षेत्री, देवि बस्नेत, घनश्याम परियार र निर्मला बस्नेतको कर्णप्रिय आवाज रहेको छ । उक्त गितमा निर्देशक तथा मोडल तिलक ठकुरि, लोकप्रिय मोडेल ममता राना मगर, गोबिन्द बिबश र कन्चन घर्ती मगरको अभिनय रहेको देखिन्छ ।

रुकुम जिल्लामा पर्ने सिस्ने हिमाल तिर जाने कुरालाई लक्ष्यित गरि बनाएको गितमा सल्यान, रुकुम, रोल्पा र दाङलाई पनि शब्दमा समिटिएको छ । ठट्यौलि पना मिसिएको गीतमा तिलक र गोबिन्दले ममता र कन्चनलाई माया गरेको र फकाउदै घुम्न जाम भन्ने आसय देखाएका छ्न भने ममता र कन्चनले कुरै कुरामा झुलाए झै गरेर लजालु स्वभावमा मनमनै मन पराएको कथा बिशेष रुपमा देखाइएको छ ।

कृष क्षेत्रीको आफ्नै युटुब च्यानल मार्फत बजारमा आएको उक्त गितमा तिलक ठकुरीको निर्देशन रहेको छ । अहिले यो गितमा टिकटक बनाउनेहरुको संख्या धेरै मात्रामा देखिएको छ । उसोत यि सबै कलाकारका निकै रोचक प्रस्तुतिहरु पहिले पनि बजारमा आइ सकेका छन । अहिलेको “सिस्ने हिमाल” गित पनि पहिले जस्तै सबैले माया गरिदिन हुन आग्रह गरेका छन ।

गितको पुरा भिडियो हेर्नको निमित्त यहाँ तलको लिकं क्लिक गर्दिनु होला ।