मंसिर २१ गते ।

नामिबियामा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा आज ९बुधबार० नेपालले घरेलु टोली नामाबियासँग प्रतिस्पर्धा गर्दैछ ।

युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा दिउँसो १स्४५ बजे सुरु हुने खेलमा नेपाल जित निकाल्ने तयारीमा छ । यी दुई टोलीबीचको पहिलो खेल वर्षाका कारण रोकिएको थियो । पहिलो खेलमा दुवै टोलीले एक एक अङ्क बाँडेका थिए ।

नेपाल दोस्रो खेलमा स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको थियो । यस सिरिजमा नेपाल, स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा भइरहेको छ । विश्वकप लिग–२ मा सात टोली सहभागी छन् । नेपाल अहिले २२ खेलबाट १८ अङ्क जोड्दै छैटौँ स्थानमा छ । नामिबिया २९ खेलमा ३५ अङ्क जोड्दै तेस्रो स्थानमा छ ।

३१ खेलबाट ४४ अङ्क बनाएका स्कटल्यान्ड शीर्षस्थानमा उक्लिएको छ । हरेक टोलीले एक आपसमा कूल ३६ खेलपछि सिरिजको शीर्षतीनमा रहने टोली सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।