कात्तिक २९ सल्यान ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाम लोकतान्त्रिक गठबन्धन प्रदेश सभा ९क० साझा उम्मेदवार भीम प्रकाश शर्माले पाँच वर्ष भित्र सल्यानका सबै विद्यालयलाई जस्तापाता मुक्त विद्यालय बनाउने र दुई वर्ष भित्र सल्यानका सबै वडा बस्तीमा बिजुली बत्ती वाली सक्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
स्थानीय सरकार, प्रदेश सरकार, र सङ्घीय सरकारको सहकार्यमा सो काम गरी सक्ने बताउनुभयो । आफू सत्तामा नहुँदा पनि सल्यान जिल्लाको लागी महत्त्वपूर्ण काम गरेको बत्ताउँदै सबैको साथ र सहयोग जिल्लामा धरै काम गर्न सकिने उहाँले बताउनुभयो । चुनावी अभियानका क्रममा वनगाड कुपिण्डे नगरपालिकाका विभिन्न स्थानमा चुनावी सभालाई सम्बोधन गर्दै शर्माले यस्तो बताउनु भएको हो ।
आफू कर्णाली प्रदेश मुख्य मन्त्रीको राजनैतिक सल्लाहकार होस या त्योभन्दा बाहिर हुँदा आफूले आफ्नो क्षेत्रबाट लागे–पुगे सम्मको विकास निमार्ण लगायतका महत्त्वपूर्ण काममा ठुलो भूमिका खेलेको बताउनुभयो ।
सत्तामा जाँदा जिल्लाको लागी राम्रो काम गर्न सकिन भन्दै यस पटक सल्यानी जनताको लागी सुनौलो अवर पाएको बताउनुभयो । अन्य राजनैतिक दलका नेताहरूले पहिले जनतालाई विभिन्न आश्वाशन बाड्दै विभिन्न प्रलोभन देखाउँदै जाने र सत्तामा जाँदा जनता सँग खाएका वाचा कसम बिर्सने गरेको वताउदै आफू त्यसबाट सजक भएर काम गर्ने उहाँले बताउनुभयो ।
विकास गर्नको लागी धेरै महत्त्वाकाङ्क्षी राख्नु भन्दा पनि जनताको आधारभूत आवश्यकता लाई प्राथमिकतामा राखेर काम गर्ने उहाँले बताउनुभयो । वनगाड कुपिण्डे नगरपालिका सदरमुकामबाट नजिक भएको अनुभूति गराउन प्रदेश सरकारबाट योजना पारेर बाटो राम्रो गराउन पर्ने बताउनुभयो ।
वनगाडका विभिन्न स्थानमा खानेपानीको चरम समस्या हुने गरेको बत्ताउँदै आफूले प्रदेश सरकारमा हुँदा विभिन्न स्थानमा धेरै कुराको समस्या समाधान हुने उहाँले बताउनु भयो । । अन्य राजनैतिक दलका नेताहरूले आज भोलि बिजुलीका पोल र तारमा राजनैतिक गर्ने गरेकाले सबै त्यसबाट सजक हुन सबैलाई सजक गराउनुभएको छ ।
सरकारले नै देशलाई लोड सेडिङ मुक्त नेपाल बनाउने भन्दै बिजुलीका पोल र तार क्रमिक रुपमा हुने बताउनुभयो । प्रदेश सभा क मा २५ हजार ९ सय घर धरी मध्य ५६ प्रतिशत घर धुरीमा बत्ती वली सकेकाले र कतिपय स्थानमा स्ट्यान्ड भैसकेको २ वर्ष भित्र सबै ठाउँमा बत्ती बाल्ने गरी सङ्घीय सरकारले काम अगाडी बढाएको र प्रदेश सरकारले पनि त्यसलाई सहयोग गर्ने उहाँले बताउनुभयो ।
वनगाड कुपिण्डे नगरपालिका भौगोलिक हिसाबले पछाडि परेको र बस्ती डाँडामा भएकाले लिफ्ट खानेपानीको माग धेरै आउने गरेको र कतिपय डी।पी।आर गरेर केन्द्रीय सरकार प्रदेश सरकार र स्थानीय सरकारमा थन्किएकोले क्रमशः आवश्यकता का आधारमा कामलाई अगाडी बढाउने र सङ्घीय सरकार सँग पहल गर्ने उहाँले बताउनुभयो ।
सल्यान जिल्लाको टिनका छाना भएका विद्यालय लाई पाँच वर्ष भित्र पक्की भवनमा परिणत गरी भौतिक पूर्वाधारमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आफूलाई सल्यानी जनताको एउटै गुनासो गर्ने गरेको र त्यो गुनासो भनेको चुनाव जितेर जाँदा गाउँ फर्कने र फोन गर्दा उठाउन आग्रह गरेको र त्यसलाई आफूले राम्रो सँग बुझेकाले फोन उठाउने र जनता काहा समय समयमा जाने उहाँले सबै मतदातालाई बताउनुभएको छ ।
यस्तै नेपाली कांग्रसका क्षेत्रीय सभापति सुरेश चन्दले नेपाली कांग्रेसका सबै नेता कार्यकर्ता र मतदातालाइ गठबन्धनका साझा उम्मेदवार लाई निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ । पार्टीको सिपाही भएपछि पार्टीको निर्देशन मान्नु सबै कांग्रेसी हरुको धर्म भएकाले सबैले गठबन्धनका सबै उम्मेदवारलाई मत दिन र मत माग्न आग्रह गर्नुभयो ।
विभिन्न स्थानमा गठबन्धन सम्बद्ध दल भित्र मतभेद भए पनि त्यसलाई निराकरण गर्दै जाने र त्यसको जिम्मा आफूले लिने समेत बताउनुभयो । उहाँले भन्नुभयो भीम प्रकाश शर्मा र सुरेश अधिकारी र प्रकाश ज्वाला कुनै पार्टीको उम्मेदवार नभएर गठबन्धन आबद्ध सबैको साझा उम्मेदवार भएकोले काम पनि साझा रुपम गर्ने उहाँले बताउनुभयो ।
