सल्यान, २९ सल्यान ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सल्यान (ख) बाट प्रदेशसभा सदस्यका उम्मेद्वार गुलाबजंग शाहले जनपक्षीय कामका कारण एमाले उचाइमा पुगेको बताएका छन । शारदा नगरपालिकामा जनभेटघाट गर्दै उनले सबल, समृद्ध, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको पूर्वाधारयुक्त सल्यान बनाउनका लागि सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे । उम्मेद्वार शाह शारदा नगरपालिकाको वडा नम्बर १३ को स्यानिखाल र वडा नम्बर ९ को दोभानमा मतदाता भेटघाट कार्यक्रममा सहभागी भएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज प्रीन्स बस्नेतले जानकारी दिए ।
स्यानिखालमा भएको कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य मनोज कुमार प्रधानले मन्तव्य राख्दै कर्णालीकै सिनियर र विकासका लागि प्रतिबद्ध नेता गुलाबजंग शाहलाइ जिताउनुमा नै सबैको हित हुने बताए ।
स्थानियहरुले खानेपाली, सडक स्तरोन्नति लगायतका कार्य यस अघिका विजयी नेताहरुले गर्न नसकेको भन्दै शाहसंग गाउँका समस्या समाधानको अपेक्षा राखेका थिए । उम्मेद्वार शाहले विकासका लागि इमान्दार पुर्वक आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले भने, झअरुले कुरा मात्रै गर्छन् । तर मं काम गरेर देखाउंछु । तपाइहरुलाइ मं विश्वास दिलाउंछु, सुर्यमा भोट हालेर विजयी गराउनुस, त्यसपछी नयाँ ढंगले जनपक्षीय विकास तपाइसंगै मिलेर गर्नेछु ञ।
चुनावी भेटघाट कार्यक्रममा एमाले सल्यानका सचिवालय सदस्य जनक बिक, जिल्ला कमिटी सदस्य जालना भण्डारी, नगर कमिटी अध्यक्ष मधुसुदन शर्मा लगायत्को पनि सहभागिता थियो ।
