सल्यान, २० कार्तिक ।

सल्यानमा नेकपा एमालेका उम्मेदवारहरु मतदाताहरुमाझ आफ्ना एजेन्डा प्रस्तुत गर्दै भोट माग्न व्यस्त भएका छन । उम्मेदवारहरुले आइतबार सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ५ र ६ का मतदाताहरुसंग भेटघाट गरेका हुन । सल्यानबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्रबिर राय, सल्यान ९ख० बाट प्रदेशसभा सदस्य पदका उम्मेद्वार गुलावजंग शाह, समानुपातिक उम्मेद्वार राधा सुनारले मत माग्दै आफुहरुको प्राथमिकता विकास र समृद्धि रहेको बताए ।

कपुरकोट ५ जामुनेमा भएको कार्यक्रममा सल्यानबाट नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार राजेन्द्रबिर रायले आफ्ना प्रतिष्पर्धिहरुले छल र धोकाको राजनिती गरिरहेको बताए ।

उनले एकीकृत समाजवादिका उम्मेद्वार प्रकाश ज्वालाले आफ्नो स्वार्थ पूरा गर्न जे कदम पनि चाल्न सक्ने भन्दै प्रलोभनमा नपर्न आग्रह गरे । सल्यान र दांगको ईतिहास देखिको नंग र मासुजस्तो सम्बन्धलाइ लत्याउदै ज्वालाले आफ्नो स्वार्थ पुर्तिका लागि सल्यानलाइ कर्णाले प्रदेशमा गाभ्नका लागि घिनलाग्दो भुमिका खेलेको आरोप लगाए । उनले भने,( सल्यानका चेलिहरु दांगमा छन, उताका चेलिबेटी यता छन । जग्गा जमिन, व्यापार व्यवसाय हरेक हिसाबले सल्यान र दांगको सम्बन्ध छ । यसलाइ टुटाउने गरि सल्यानिमाथी छल गरियो, अन्याय गरियो । यसलाइ बुझ्न जरुरी छ । उम्मेद्वार रायले प्रलोभनमा परेर दिग्भ्रमित भएर अमुल्य मत गलत स्थानमा नदिन आग्रह गर्दै त्यसो भयो भने परिणाम दुखद आउने र भावी सन्ततिहरुलाइ धोका हुने जिकिर गरे ।

यस्तै एमाले पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सदस्य पदका लागि सल्यान ९ख० का उम्मेद्वार गुलाबजंग शाहले हालको गठबन्धन मुलुकको चाहनाविपरीत भएकाले दीर्घकालीन नहुने निश्चित रहेको बताए । आर्थिक समृद्धि, किसान, विपन्न वर्गको हित तथा स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगार, सडक, बत्ती बिजुलीको विकासमा कटिबद्ध भएर काम गर्ने बताए । चुनाव जितिसकेपछी गाउँ नफर्कने स्वभाव आफ्नो नभएको बताउंदै सम्भावना नै सम्भावनाले भरिएको सल्यानलाइ उजागर गर्नका लागि एमाले संग स्पष्ट योजना रहेको बताए ।

यस्तै समानुपातिक उम्मेदवार राधा सुनारले देशको हितका लागि डटेर लड्ने पार्टी एमालेलाइ अझै बलियो बनाउन सुर्य चिन्हमा मतदान गर्न आह्वान गरिन । कार्यक्रममा नेकपा एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेनले गाउँगाउँमा विकासको लहर ल्याउन एमालेलाइ जिताउनुपर्ने बताए ।No description available.

चुनावी भेटघाट कार्यक्रममा नेकपा एमाले सल्यानका जिल्ला कमिटी सचिवालय सदस्य घनश्याम शर्मा लगायत जिल्ला कमिटी सदस्यहरु, पालिका कमिटी पदाधिकारीहरु तथा युवा संघका नेताहरु लगायतको सहभागिता थियो ।

कपुरकोट ६ को रातामाटा, छायांनाथ, जलवांग, कपुरकोट ५ को रिम सितलबजार, जामुने लगायतका स्थानमा मतदाताहरुसंग भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।No description available.