कार्तिक ०२, सल्यान ।
मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन तयारीको लागि सल्यान प्रदेश सभा ९क० अन्तरगत नेकपा (एमाले) सिद्धकुमाख गापा कमिटी र शानपाका ४ वटा वडाहरु ९६,७,१४ र १५० को संयुक्त वैठक सम्पन्न भएको छ । मंगलबार जिल्लाको ढोरचौरमा वैठक सम्पन्न भएको हो ।
वैठकले सिद्धकुमाख गापा र शानपाका ४ वटा वडाहरुमा निर्वाचन परिचालनको लागि लिलाधर रोकाय संयोजक र सोभाराम नेपाली सचिव रहेको १५१ सदस्यिय संयुक्त निर्वाचन परिचालन कमिटी बनाएको छ । त्यस्तै शानपाका ४ वडाहरुको लागि रामबहादुर भण्डारी र सिद्धकुमाख गापाको लागि टोप बहादुर बुढाथोकी संयोजक रहेको १११ सदस्यीय निर्वाचन परिचानल कमटी घोषणा गरको छ ।
वैठकले तिहार अघि सवै वडाको वैठक सम्पन्न गर्ने र सवै नेताकार्यकर्तालाई निर्वाचनमा परिचानल गर्ने निर्णय गरेको बताईएको छ ।
चुनाव जित्ने वातावरण सिर्जना हुदैछ, गिरी
वैठकलाई सम्वोधन गर्दै नेकपा (एमाले) का कर्णाली प्रदेश सचिवालय सदस्य तथा प्रदेश सभा (क) का उम्मेद्वार कुलबहादुर गिरीले आफुले चुनाव जित्ने वातावरण बन्दै गएको बताएका छन । आफु नेकपा (एमाले) को मात्रै नभएर प्रदेश सभा (क)का सवै जनताको उम्मेद्वार भएकाले आफुले चुनाव जित्ने उनले बताए ।
नेकपा (एमाले)को सरकारको पालामा भएका राम्रा कामहरुलाई लिएर जनतामा जाने र सवैको सहयोवग सद्भावमा अघि बढ्ने उनले बताए ।
वैठकमा वैठकमा जितबहादुर चलाउने, पुष्पा कुमारी बोहोरा, रेशमराज शर्मा, जनक विक, दिपेन्दू प्रकाश डिसी,लिलाधर रोकाय, धर्मराज योगी, जित बहादुर बस्नेत लगाएतले समसामयिक विषयमा प्रशिक्षण दिएका थिए । वैठकको अध्यक्ष्यता सिद्ध कुमाख गापा कमिटी अध्यक्ष टोप बहादुर बुढाथोकीले गरेका थिए ।
