भदौ २८, सल्यान ।
सल्यान प्रहरीले गरगहना र नगद रकम चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । दाङ तुलसीपुर उपमहानगरपालिका ३ रक्षाचौरका २१ वर्षीय दिपेश डाँगीलाई चोरीको आरोपमा प्रहरीले सल्यान श्रीनगरबाट सोमबार साँझ पक्राउ गरेको हो ।

सल्यान शारदा नगरपालिका ३ खलंगा थापागाँउ स्थित धनमाया श्रेष्ठको गरगहना र नगद चोरी भएको सूचना पाउना साथ खोजबिन गर्ने क्रममा सल्यान श्रीनगर स्थित रुकुमचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।

निज डाँगीको साथबाट सुनजस्तो देखिने पहेलो रंगको लम्बाई ६ सेमी र २ सेमी गोलाई भएको एक थान तिलहरी र २ हजार ६ सय ७० रुपैयाँ बरामद गरिएको उहाँको भनाई छ ।
आज ९मंगलबार० धनमायाले निज डाँगी विरुद्ध किटानी जाहेरी दिएपछि जिल्ला अदालत सल्यानबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।