भदौ २२ सल्यान ।

नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिति सल्यानको चौथो पुर्ण बैठक सल्यान खलंगामा सम्पन्न भएको छ । नेकपा माओबादी केन्द्रको पोलिटब्युरो सदस्य टेक बहादुर बस्नेत र रमेश मल्लको बिशेष उपस्थितीमा चौथो पुर्ण बैठक सल्यान खलंगामा समपन्न भएको छ ।

आसन्न मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनको उम्मेदवारीको नाम टुङ्गो लगाउन बसेको चौथो पुर्ण बैठकले नगर समिती पालिका समिती हुदै क्षेत्रको राय सल्लाह र सुझाव लाइ मध्येनजर गर्दै संघ र प्रदेश सिफारिस हुने नेताको टुङ्गो लगाउन नेताहरुको थप गर्हकार्य गरी नाम सिफारिस गर्ने बताएको छ ।

प्रदेश क र प्रदेश ख तर्फ भने नेता भिम प्रकास शर्मा र नेता चित्र बहादुर केसीको नाम अनुमोदन भएको छ ।

बैठकले नेता टिका बुढाथोकी झरणा लाइ संघमा एकल नाम सिफारिस गर्न सुझाव दिए पनि दिलमाया बुढा कमल बिक र रत्न बहादुर वलीको नाम क्षेत्र बाट सिफारिस गरिएको छ ।

त्यस्तै प्रदेश क तर्फ समानुपातिक तर्फ तिलक बिक कल्पना पुन र धर्मे बुढाको नाम सिफारिस गरिएको छ ।

प्रदेश ख तर्फ रुद्र बहादुर घर्ती लाइ समानुपातिक तर्फ एकल नाम सिफारिस गर्न निर्वाचन क्षेत्र नं २को सहमति भएको छ ।