इन्द्र बुढाथोकी

असार १७, सल्यान ।

सल्यान बनगाड कुपिण्डे नगरपालिकामा १० दिने होटल लज व्यवस्थापन कुक तालिम सम्पन्न भएको छ । सीप विकास तालिम तथा रोजगार विकास कार्यक्रम उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको आयोजनामा सल्लीबजारमा सम्पन्न भएको छ । ८ गते देखि १७ गते सम्म सञ्चालन भएको तालिममा ३३ जनाको सहभागी रहेको थियो । प्रशिक्षार्थी बालकृष्ण बुढाले सीप आफूहरूले सिकेर यसलाई अब व्यवहारमा लागू गर्ने गरी लाग्ने समेत बताउनु भएको छ । सीप सिकेर प्रयोग गर्नु पर्ने त्यसलाई व्यवहारमा ल्याउने र त्यसलाई जोगाइ राख्नु पर्ने बताउनु भएको छ । निर्वाह मुखी भन्दा व्यवसायी मुखी हुनु पर्नेमा जोड दिनु भएको छ ।

नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले होटल व्यवसायी मात्र गरेर नहुने त्यसमा खाना बस्न लगायत क्षेत्रमा सरसफाइ गर्नु पर्नेमा जोड दिनु भएको छ । यसमा व्यवसायीको लागि आफूले नगरपालिकाको तर्फबाट सहयोग हुने समेत बताउनु भएको छ । व्यवसाय गर्ने सबैलाई आधारभूत तालीम लिएर व्यवसाय गर्न सबैमा आग्रह गर्नु भएको छ । थप विकास गरेर अगाडि बढाउने सोचमा नगरपालिका बढेको समेत बताउनु भएको छ । होटल व्यवसायीको साथै कृषि पर्यटन लगायतको क्षेत्रमा विकास गर्दै होटल क्षेत्रमा थप विकास हुने बताउनु भएको छ ।

६ न वडा अध्यक्ष गणेश बिसी,७ न वडा अध्यक्ष जीवन सिङ ठकुरी, ९ न वडा अध्यक्ष रुद्र परियार, मानवअधिकारकर्मी पवन राज देवकोटा, ध्रुवराज खत्री प्रशिक्षण जितबहादुर पुन, लक्ष्मण डाँगी लगायतको सहभागी रहेको थियो भने कार्यक्रमको अध्यक्षता कपिलदेव भण्डारी र सञ्चालन पार्वती विष्टले गर्नु भएको थियो ।