१२ जेठ २०७९
सल्यानको बागचौर नगरपालिका वडा न: १० स्थित बिरामी १९ बर्षीय बिजय घर्तिलाई विभिन्न देश बाट रकम उठाएर उनको खातामा जम्मा गरिएको छ ।
लामो समय देखि बिरामीले थला परेका बिजयको आर्थिक स्थिति कमजोर भएको कारणले अभियानता तथा पत्रकार, कलाकार सल्यानि तुलाराम डागि क्षेत्रीको अगुवाईमा साउदीको रियाद देखि ५५,७,७६ (पचपन्न हजार सात सय छेहत्तर) रुपैया र दुवै देखि ५०० (पाच हजार) गरि जम्मा रकम ६०,७,७६ (साठी हजार सात सय छेहत्तर) रुपैया जम्मा गरि बिरामी बिजयलाई हस्तान्तरण गरिएको छ ।
तुला राम डाँगी क्षेत्रिले आफ्नो नेतृत्वमा साउदी अरब स्थित रियादमा रहेको अलयामामा कम्पनि मा कार्यरत नेपालि दाजु भाइ देखि सङ्गै बंगलादेश, श्रीलंका, भारत, पाकिस्तानी दाजुभाइ सबै संग सहयोग रकम बाह्र सय रियाल (S/R 1200 ) त्यसैगरि रियाद स्थित हिमाल घिसिङ्ग को अगुवाइमा पाच सय रियाल (S/R 500 ) गरि पचपन्न हजार सात सय छेहत्तर (५५७७६) रुपैया, र दुवै देखि ओम सरन शाह बाट ५ हजार गरि टोटल रकम ६०,७,७६ (साठी हजार सात सय छेहत्तर) रकम जम्मा भए सङ्गै बिरामी घर्तिको खातामा जम्मा गरि सकेको अभियानता तुलाराम डागि क्षेत्रीले जानकारी दिएका छन ।
उक्त सहयोग रकम संकलन गर्नको निमित्त तुला राम डाँगी क्षेत्रिलाइ सिता राम थारु, भिम ब. खडकाले साथ दिएका थिए । क्षेत्रीले बिरामि ज्यान बचाउन सहयोग रकम उठाएर साथ दिनुहुने ब्यक्तित्वहरु र आफ्नो खाजा नास्ता कटाएर रकम प्रदान गर्नुहुने सहयोगि मनहरुलाई बिशेष धन्यवाद समेत दिएका छन । तुला राम भन्छन यसैगरि अन्य मुलुकहरु बाट पनि दाजुभाइ दिदि बहिनिहरुले सहयोग गरिदिए पछि दुखि पीडित परिवारमा थोरै भएनि ओठमा मुस्कान सहित बाच्ने हसौला मिल्ने भएकोले केहि राहत भएनि जम्मा गरेर सेवा गर्न आग्रह गर्दै एक-एक रुपैया जम्मा गरि हजार हुन्छ, तपाइको एक रुपैयाले गर्दा कसैले जिबना दान पाउछ भने त्यो भन्दा धर्म अरु केहि छैन भन्दै सहयोग कार्यमा जुट्न आग्रह गरेका छन ।
