जेठ १२,सल्यान  ।

सल्यान बनगाड कुपिण्डे नगरपालिका कार्यपालिकाले पूर्णता पाएको छ । निर्वाचित गर्नुपर्ने ५ महिला र ३ अल्पसंख्य तथा दलित कोटाबाट गरि जम्मा ८ जना कार्यपालिकामा निर्वाचित भएका छन् । ५ महिलाको कोटामा ४ नम्बर वडाबाट नम्रता कामी, ६ नम्बर वडाबाट गिता वि क, ७ नम्बर वडाबाट सीता साहु, ८ नम्बर वडाबाट चित्रकला कवर र ९ नम्बर वडाबाट लोगि कवर कार्यपालिका सदस्य बनेका छन् ।

तिलक नेपाली, वीर बहादुर सार्की र बिमला गन्दर्भ दलित तथा अल्पसंख्यकबाट कार्यपालिकामा मनोनित भएका छन् । ६ जना माओवादी केन्द्र, एक जना नेपाली काङ्ग्रेस र एक जना समाजवादी गरेर ८ जना उम्मेदवार हुन् । निर्वाचन अधिकृतको कार्यालयले गराएको निर्वाचनमा उनिहरुको मात्रै उम्मेदवारी परेको थियो । अरु कसैको उम्मेदवारी नपरेपछि उनिहरु निर्विरोध निर्वाचित भएका हुन् ।

नगरपालिकाको सबै पदाधिकारीले सपथ ग्रहण गरेर पदभार समेत ग्रहण गरिसकेका छन् । २२ जनाको कार्यपालिकामा माओवादी केन्द्र १४, नेपाली कांग्रेसका ४, एमाले २ र समाजवादी २ जना सदस्य छन् ।