जेठ ११, सल्यान ।

सल्यानमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिको विरोधमा मंगलबार एमाले समर्थक अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपालले सल्यान खलंगामा बिरोध प्रदर्शन गरेको छ । नेपाल आयल निगमले आइतबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० र खाना पकाउने ग्याँस सिलिन्डरमा प्रतिसिलिन्डर रु २०० का दरले मूल्य बढाएपछि सो को विरोधमा प्रदर्शन गरिएको हो । प्रदर्शनलाई अनेरास्ववियु केन्द्रिय सदस्य तथा निबर्तमन अध्यक्ष राम बहादुर खत्री, नेकपा एमालेका कर्णाली प्रदेश कमिटी सदस्य महेश देवकोटा र प्रदेश कमिटी सदस्य मनोज सिंहले सम्बोधन गरेका हुन । प्रदर्शनमा सहभागीहरूले जन भावनाको कदर गर मूल्यवृद्धि खारेज गर, अति बढ्यो महंगी बाँच्नलाई नै गाह्रो भो, गठबन्धनको उपहार महंगी र भ्रष्टाचार, ‘चुनाव खर्च उठाउन, पाईँदैन मूल्य बढाउन’, लगाएको नारा लेखेका प्लेकार्ड बोकेका थिए । प्लेकार्डमा नेपाल आयल निगमले ११ महिनाको अवधिमा पेट्रोलमा ७८ रुपैयाँ वृद्धि गरेको लेखिएको थियो । बिरोध कार्यक्रमलाइ सम्बोधन गर्दै केन्द्रिय सदस्य राम बहादुर खत्रीले सरकारले मुल्यबृदि नघटाउनजेल सम्म आन्दोलन जारी रहने बताएका छ्न । यो सरकार जनताको सरकार नभएकाले जनताको ढाड सक्नेगरी मुल्य बृदी गरेको आरोप लगाएका छन् ।