सल्यान ८ जेठ ।
कालिमाटी गाउँपालिका वडा न. १ का नव निर्वाचित वडा अध्यक्ष रविलाल बस्नेतले अपुरा कामलाई पुरा गर्दै, सबै संग समन्वय गरेर नयाँ योजनाहरुको थालनी गर्ने बताएका छन् । उनले वडा अध्यक्षको पदभार ग्रहन गर्दे आफुले पहिलेनै वडा अध्यक्षकै भुमिकामा रहेर ५ वर्षे कार्यकाल बिताईसकेकोले काम गर्नको लागि कुनै अप्ठेरो नभएको बताएका छन् । आफुले नै गरेका पहिलेका योजनाहरुलाई व्यवस्थित गराउदै जनताको आवश्यकताका अधारमा नयाँ योजनाहरु निर्माण गर्ने बताए । उनि संगै वडामा पुराना र नयाँ प्रतिनिधिहरु पनि थपिएका छन् । वडामा नेकपा एमालेको पुरै प्यानल वडा अध्यक्षमा रबिलाल बस्नेत, दलित महिला सदस्यमा डिल्ली कामी, निर्मला पुन महिला सदस्य, चेत बहादुर बढा र धन बहादुर पुन खुल्ला सदस्यमा निर्वाचित भएका छन् । उनी सोही वडाका पुर्व अध्यक्ष पनि हुन् । उनको कार्यकालमा वडामा धेरै बिकास भएको छन् । सडक यातायात खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको बिकाश संगै वडाको कार्यलय भवन उनकै पालामा बनिसकेको छ । वडा अध्यक्ष बस्नेतले आफ्नो प्यानललाई जनताले विस्वास गरेर मतादान गरेकाले जनताको भवना अनुसार काम गर्ने बताए । साथै उनले आफ्नो टिमलाई मतदान गर्ने सम्पुर्ण मतदाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
