जेठ ५,सल्यान ।
सल्यानको छत्रेश्वरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जितेको छ । अध्यक्षमा एमाले सल्यानका सचिव ओजबहादुर बुढाथोकीले ३८९२ मत ल्याएर विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका केशबहादुर विष्टले २६२३ मत ल्याए भने माओवादीका प्रेम खड्काले २५०९ मत ल्याएका छन् । राप्रपाका मोतिलाल ओलीले २८७ र स्वतन्त्र उम्मेदवार लोक्पाल केसीले २८४ मत ल्याएका छन् । कांग्रेसका जिल्ला सभापति समेत रहेका केशबहादुर विष्ट चुनाव लडेपछि छत्रेश्वरीलाई चासोपूर्ण पालिकाको रुपमा हेरिएको थियो। विष्ट निवर्तमान जिल्ला समन्वय समिति सल्यानको प्रमुख समेत हुन् । जिल्ला समन्वय समितिको प्रमुखबाट राजिनामा दिएर गाउँपालिका लडेका विष्ट गाउँपालिका अध्यक्षमा पराजित भए भने उनकै वडामा पनि कांग्रेसले जित्न सकेन । त्यसैगरी, उपाध्यक्षमा पनि एमालेकी बुद्धा केसी ३३८२ मत ल्याएर विजय भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सीता गिरीले ३०४६ र एकीकृत समाजवादीका राज बहादुर बुढाथोकीले १९८८ मत ल्याएका छन् । राप्रपाकी सिला बुढाथोकीले ४४० र स्वतन्त्र उम्मेदवार हिरा बुढाले १०३ मत ल्याएकी छन् ।
फोटो आजको बिजय र्यालीको
















