जेठ ३,सल्यान ।
सल्यानको कालिमाटी गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ ।
एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनलाई ६२० मतले पछि पार्दै एमालेका दान बहादुर खत्री केसी निर्वाचित भएका हुन । केसीले ३ हजार ७ सय ४१ मत प्राप्त गर्दै दोस्रो पटक निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका पुरुषोत्तम भट्टराईले ३ हजार १ सय २९ मत पाएका छन् ।
उपाध्यक्षमा पनि एमालेकै सनसिल्ता ओली डिसी दोस्रो पटक निर्वाचित भएकी छन् । ३ हजार ५ सय ३५ मत प्राप्त गर्दै उनी निर्वाचित भएकी हुन । उनको प्रतिस्पर्धी एकीकृत समाजवादीका ज्ञान्द्र बहादुर खत्रीले २ हजार ९ सय ६ मत प्राप्त गरेका छन् ।
२०७४ को चुनावमा पनि खत्री र ओली डिसी नै निर्वाचित भएका थिए ।
