२ जेठ, सल्यान ।

सल्यानको सिद्ध कुमाख गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीका उम्मेदवार विजय भएका छन् ।

गाउँपलिका अध्यक्षमा कांग्रेसका भरत गिरीले २१३७ मत ल्याएर विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी र एकीकृत समाजवादी गठबन्धनका चित्रबहादुर चलाउनेले १७९८ मत ल्याए । चलाउने बहालवाला अध्यक्ष समेत हुन् ।

अध्यक्षमा गठबन्धनका उम्मेदवार चलाउने पराजित हुँदै गर्दा उपाध्यक्षमा भने गठबन्धनकै माओवादीका राम बहादुर बस्नेत २०३५ मत ल्याएर विजय भएका छन् । उपाध्यक्षमा कांग्रेसककी पुर्णिमा चलाउनेले १९६३ मत ल्याइकी छन् ।