२० बैशाख सल्यान
वैशाख ३० गते हुन गई रहेको स्थानीय तहको निर्वाचनमा कपुरकोट गाउँ पालिका वडा नं. ४ मा नेपाली काङ्ग्रेस बाट डण्डि राम पुनले वडा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पुनले गठबंधन नभएर सिङ्गल उम्मेदवारी दर्ता गराएका हुन् ।
काङ्ग्रेस पार्टीलाई बलियो बनाउन निरन्तर खटिएका पुन समाजसेवी पनि हुन् । उनी पार्टीका बिभिन्न संगठनको कुसलता पूर्वक जिम्मेवारी निर्वाह गरेका छन् ।
उनले आफ्नो उम्मेदवारी समग्र वडाको विकास र समृद्धिका लागी रहेको भनाइ छ । सडक, खानेपानी, कृषि, स्वास्थ्य र शिक्षाको विकास नै आफ्नो मुख्य एजेन्डा भएको र जितेपछि पुरा गर्ने प्रतिबद्धता समेत गरेका छन ।
किन दिनेत पुनलाइनै भोट ?
१) पुन आफैमा एक मेहनति अनि निरन्तर कृषि पेसामा तल्लीन हुने ब्यक्ति हुन । उनलाई कृषि पेसा मन पर्छ । यसर्थ ४ नम्बर वडा पनि कृषि क्षेत्रको पकेट एरिया भएकोले किसानलाई लाभ हुने कृषि सम्बन्धि कार्यक्रम अगाडि सार्ने छन ।
२) गएको वडा तथा पालिका सरकारले बिकाशमा ल्याएको भेदभावलाई अन्त्य गर्दै सिस्टममा बिकास गर्ने छन । बिजुलि, खानेपानी, सिचाइ पानी, मोटर बाटो नपुगेका ठाउमा क्रमशः पुर्याउने छन ।
३) आफू पनि यूवा भएकोले यूवाको मनो भावना बुझेर यूवालाई समेट्ने कार्यक्रम सार्ने छन ।
४) महिला दिदीबहिनीको लागि सिप मूलक तथा ज्ञापमूलक सम्बन्धि कार्यक्रम अगाडि सार्ने छन ।
५) हिड्न नसक्ने अशक्त वृद्ध बृद्दाका लागि वृद्ध भत्ता घरमा पुर्याउने कार्यक्रम अगाडि सार्ने छ्न ।
६) कला संस्कृति सम्बन्धि कार्यक्रम सारेर पुरानो संस्कृति जोगाउदै नया प्रतिभाहरुलाई अगाडि बढाउने कार्यक्रम सार्ने छन ।
७) वर्षमा कम्तीमा १ पटक सु-शासन सम्बन्धि कार्यक्रम ल्याएर जनताका सल्लाह सुझाव लिदै सुझाव अनुरुप बिकासका कुराहरू अगाडि बढाउने छन ।
८) वडामा रहेका खरका छाना भएका घरहरूमा क्रमश टिन लगाउने कार्यक्रम अगाडि सार्ने छन ।
9) ४ नम्बर वडाको लागि छुट्टै एम्बुलेन्स पहल गरेर वडामा एम्बुलेन्स ल्याउने कार्यक्रम अगाडि सार्ने छन ।
अन्ततः ४ नम्बर वडा बासी सम्पुर्ण आमा बुवा दाजु भाइ दिदिबहिनीहरुलाई आफ्नो अमूल्य मत रुख चिन्हमा दिएर जिताउन आग्रह समेत गरेका छन । हिजोआज उनि भोट माग्न घर दैलो कार्यक्रममै बेस्त रहेका छन ।
