१६ गते सल्यान
वैशाख ३० गते हुन गई रहेको स्थानीय तहको निर्वाचनमा कपुरकोट गाउँ पालिका वडा नं. ४ को वडा अध्यक्षमा नेकपा एमालेका मित्रलाल कठायतले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । कठायतले गठबंधन नभएर सिङ्गल उम्मेदवारी दर्ता गराएका हुन् ।
एमाले पार्टीलाई बलियो बनाउन अहोरात्र निरन्तर खटिएका कठायत समाजसेवी पनि हुन् । उनी पार्टीका बिभिन्न संगठनको कुसलता पूर्वक जिम्मेवारी निर्वाह गरेका छन् ।
उनले आफ्नो उम्मेदवारी समग्र वडाको विकासका लागि भएको बताए । ‘मेरो उम्मेदवारी समग्र वडाको विकासका लागि हो’,उनले भने । आफ्नो क्षमता र लगनशीलता नै चुनाव जित्ने आधार भएको बताए ।
समग्र वडाको विकास र समृद्धिका लागी आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ । सडक, खानेपानी, कृषि, स्वास्थ्य र शिक्षाको विकास नै आफ्नो मुख्य एजेन्डा भएको उनको भनाई छ ।
साथै ४ नम्बर वडा बासी सम्पुर्ण आमा बुवा दाजु भाइ दिदिबहिनीहरुलाई आफ्नो अमूल्य मत सुर्य चिन्हमा दिएर जिताउन आग्रह समेत गरेका छन
हाल उनी पार्टीको वडा अध्यक्ष सङ्गै पालिका सचीव समेत रहेका छन् ।
