वैशाख १३,सल्यान ।
सल्यानमा स्थानीय तह निर्वाचनका लागि १ हजार ६ सय ७ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्लाका दस स्थानीय तहमा ४ सय ३५ पदका लागि १ हजार ६ सय ७ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

जिल्लाको शारदा नगरपालिकामा २ सय ८५, बागचौरमा २ सय ५६, बनगाड कुपिण्डेमा २ सय १२, दार्मा गाउँपालिकामा १ सय ३८, त्रिवेणी गाउँपालिकामा १ सय २२ जनाको उम्मेदवारी परेको छ । यस्तै सिद्ध कुमाख गाउँपालिकामा ८१, छत्रेश्वरीमा १ सय ६५, कुमाख गाउँपालिकामा १ सय १७, कपुरकोटमा १ सय २३ मनोनयन दर्ता भएको निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्र चन्दले जानकारी दिए ।
आवश्यक भन्दा झन्डै चार गुणा बढी उम्मेदवारी परेको उनको भनाई छ ।