सल्यान १२ बैशाख । नेकपा एमाले छ्त्रेश्वरी गाउँपालिका सल्यानले उम्मेदवारी दर्ता गरेको छ।
आज बिहान निर्वाचन अधिकृतको कार्यालय छ्त्रेश्वरी गाउँपालिकामा पुगेर नेकपा एमालेले आफ्नो उम्मेदवारी दर्ता गरेको हो।
जस अन्तर्गत गाउँपालिका अध्यक्ष पदको लागि ओज बहादुर बुढाथोकी र उपाध्यक्ष पदकोलागि बुद्दा केसिको उम्मेदवारी दर्ता भएको छ।
पालिका अध्यक्ष पदका उम्मेदवार नेकपा एमालेका जिल्ला सचिव हुन।
त्यस्तै पालिकाको अन्य ७ वडामा उम्मेदवारहरुको पनि उम्मेदवारी दर्ता गरिएको छ ।
जसमा वडा १ मा अध्यक्ष काली बहादुर चन्द , २ मा चक्र बहादुर बि एम रहेका छन।
त्यस्तै वडा न.३ मा तिर्थराज दाहाल ४ मा छबिलाल के सी
वडा न. ५ मा फौद बहादुर बस्नेत ,६ न. वडामा टीकाराम बुढा र ७ न. वडामा इश्वरी बहादुर रानाको अध्यक्ष पदकोलागि उम्मेदवारी दर्ता भएको हो।
