सल्यान १२ बैशाख । सल्यानको कालिमाटी गाउँपालिकामा नेकपा एमालेले सबै पदको लागि मनोनयन दर्ता सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्षमा गाउँपालिकाका पुर्व अध्यक्ष तथा नेकपा एमाले सल्यान जिल्ला कमिटी उप सचिव दान खत्री र उपाध्यक्षमा पनि गापा पुर्व उपाध्यक्ष सनसिल्ता वलि ड.सि कै उम्मेदवारी दर्ता भएको छ । तेस्तै वडा नम्बर १ को अध्यक्षमा रबिलाल बस्नेत सदस्यमा चेत बहादुर बुढा , धन बहादुर पुन , महिला सदस्य मा निर्मला पुन, दलित महिला सदस्यमा डिल्ली कामीले उम्मेदवारी दर्ता गराएका छन । वडा नम्बर २ को लागि वडा अध्यक्षमा इन्द्र बहादुर वलि, सदस्यमा अम्मर बहादुर वलि र देब बहादुर बुढा मगर , महिला सदस्यमा बिमला तारम मगर र दलित महिला सदस्यमा टंकी दमाईले उम्मेदवारी दर्ता गराएका छन । वडा नम्बर ३ मा अध्यक्ष को लागी वीर बहादुर ओलि, सदस्यमा शेर बहादुर रेउले, लुध बहादुर गरि, महिला सदस्यमा दिलमाया खत्री र दलित महिला सदस्यमा भावना बि क ले उम्मेदवारी दर्ता गराएका छ्न । वडा नम्बर ४ मा अध्यक्ष को लागी बेल बहादुर चन्द, सदस्यमा दुर्गा बहादुर खत्री, हुम बहादुर थापा, महिला सदस्य मा दिलमाया वलि र दलित महिला सदस्यमा लक्ष्मी सुनारले उम्मेदवारी दर्ता गराएका छन । वडा नम्बर ५ मा वडा अध्यक्षको लागि टोप बहादुर कार्की, सदस्यमा निम बहादुर बुढा मगर, होम बहादुर वलि, महिला सदस्य सुमित्रा राणा र दलित महिला सदस्यमा पबित्रा सुनारले उम्मेदवारी दर्ता गराएका छन । तेस्तै वडा नम्बर ६ को वडा अध्यक्षको लागी गणेश सारु, सदस्यमा डोर बहादुर झेडी, साल बहादुर लम्तरी, महिला सदस्यमा रेश्मा घर्ती मगर, दलित महिला सदस्य गंगिसरा बि क ले उम्मेदवारी दर्ता गराएका छन । । वडा नम्बर ७ को वडा अध्यक्षको लागि मित्रलाल सुनार सदस्यमा बिर्ख बहादुर राणा, गोबिन्द बहादुर रोका मगर, महिला सदस्यमा केवली वलि, दलित महिला सदस्यमा नेपा कुमारी कामी ले उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारी दर्तासंगै नेकपा एमाले र्याली सहित कोण शभा पनि सम्पन्न गरेको छ । कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष पदको उम्मेदवार दान बहादुर के .सि ले नेकपा एमाले कालिमाटी गाउपालिका बलियो पार्टी भएकोले एमालेको जित सुनिस्चित रहेको बताएका छन । उनले एमाले पार्टी जनता को पार्टी भएकोले उम्मेदवारहरु मा जन बिस्वासको भावना राखी जनता को घर दैलो मा जान उम्मेदवारलाई अनुरोध गरेका छन । तेस्तै उपाध्यक्ष को उम्मेदवार सनशिल्ता वलि डि.सि ले सुर्य चिन्ह जनताको रोजाइको चिन्ह भएकोले एमालेले कतै हार्छ कि भनेर कल्पना समेत गर्न नहुने बताएकी छन । कालिमाटी गाउँपालिकाको बिकाश, संम्बृदी र शुसाशनको लागि सुर्य चिन्हमा मतदान गर्न सम्पुर्ण गाउँपालिका बासिलाइ अनुरोध गरेकी छन ।
