वैशाख ५,सल्यान ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्र्तगत सल्यानको शारदा नगरपालिकाको मेयरमा एमालेबाट मनोजकुमार प्रधान र राप्रपाबाट पूर्वसांसद नेत्रलाल श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । दुवै पार्टीको बैठकले सर्वसम्मत रुपमा नगरपालिकाको मेयर पदका लागि उम्मेदवार बनाउने टुंगो लगाएको हो ।
एमाले नेता प्रधान २०७४ को स्थानीय निर्वाचन पछि मात्र राप्रपाबाट एमालेमा प्रवेश गरेका हुन । प्रधान तत्कालिन राप्रपाको सहमहामन्त्री समेत भएका थिए । उनले विद्यार्थीकाल देखि नै राजनीति गर्दै आइरहेका छन् । १०६० मा उनी तत्कालिन जिल्ला विकास समितिका सभापति समेत भएका थिए ।
यस्तै राप्रपाबाट पूर्वसांसद नेत्रलाल श्रेष्ठ उठ्ने भएका छन् । श्रेष्ठ २०५४ मा क्षेत्र न २ बाट सांसदमा निर्वाचित भएका थिए । उनी अहिले राप्रपाको जिल्ला अध्यक्ष समेत रहेका छन् ।
