चैत्र ४ सल्यान । सल्यानको दार्मा गाउँपालिका सल्यानका अध्यक्ष निमबहादुर के.सी अरुणले आफूले प्रयोग गर्दै आएको गाडी गाउँपालिकालाई हस्तान्तरण गरेका छन् ।
अध्यक्ष के।सी प्रयोग गर्दै आएको बा २ झ ४३३६ नम्बर को गाडी गत चैत महिना मा नै गाउँपालिकालाई फिर्ता गरी सकेको बताए । चैत्र १ गत नै दार्मा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेसम वलीलाई हस्तान्तरण गरेको अध्यक्ष के।सीले जानकारी दिए । निर्वाचनको मिति तोके लगतै आफूले प्रयोग गरेको गाडी गाउँपालिकालाई बुझाएको उनले बताए ।
निर्वाचन आचारसंहितालाई ध्यानमा राखी सवारी साधन फिर्ता गरेको र हाल आफूले व्यक्तिगत कामकाज र पार्टीको कामकाजको लागी लु ३ च ४११७ नम्बर को वोलेरो गाडी व्यक्तिगत रुपमा भाडामा लिएको अध्यक्षको भनाई छ ।
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुने घोषणा भएपछि जिम्मेवार जनप्रतिनीधीहरुद्वारा निर्वाचनमा गाडीको दुरुपयोग नहोस् भन्दै आफू चढ्ने गाडी फिर्ता गरेको उनको भनाइ रहेको छ ।
